सुशान्तको बायोपिक चाहदिनन् प्रियंका « Khabarhub

सुशान्तको बायोपिक चाहदिनन् प्रियंका


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– अभिनेता सुशान्तसिंह राजपुतको निधन उनका फ्यानका लागि निकै हृदयविदारक रह्यो । उनको निधनका डेढ वर्ष बितिसक्दा पनि उनका फ्यानहरु सामाजिक सञ्जालबाट न्यायको माग गरिरहेका छन् । यहीबीचमा उनको बायोपिक बन्ने चर्चा नचलेको पनि होइन ।

यही बीचमा उनकी दिदी प्रियंकाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै तत्कालका लागि सुशान्तको बायोपिक आवश्यक नरहेको दाबी गरेकी छन् । ‘मलाई विश्वास छ कि सुशान्तले न्याय नपाउञ्जेलसम्म उनको बायोपिक बनाउन आवश्यक छैन् । यो मेरो भाई, कलाकार प्रतिभाशाली सुशान्तसिंह राजपूतसँग प्रतिबद्धता हो’, उनले लेखेकी छन् ।

उनले पर्दामा आफ्नो भाईको जस्तो सुन्दर, निर्दोष र गतिशिल व्यक्तित्वको प्रदर्शन गर्ने क्षमता कुनै पनि कलाकारमा नरहेको दाबी गरेकी छन् । ‘सुशान्तको कथालाई पर्दामा उतार्न सक्ने क्षमता बलिउडमा कसैसँग छैन’, उनले लेखेकी छन् ।

प्रियंकाका अनुसार सुशान्त आफ्नै बायोपिकमा अभिनय गर्न चाहन्थे । ‘तर उनको बायोपिक बनेको अवस्थामा एआई प्रविधिको प्रयोगले उनको चरित्रलाई निर्माण गर्न सकिन्छ । भविष्यमा प्रविधिको प्रयोगले यो काम गर्न सकिन्छ’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ३ : ५८ बजे

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन– गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

सीमा विवादको प्रश्नमा कविन्द्रले भने- प्रधानमन्त्रीबाटै यसको जवाफ आउँछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका विषयमा

पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८

रविलाई स्वागत गर्दै भाजपा अध्यक्ष नितिन नवीनले के भने ?

काठमाडौं- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

अन्नपूर्ण म्याराथनको सम्पूर्ण तयारी पूरा

कास्की– अन्नपूर्ण आरोहण दिवसका अवसरमा यही जेठ २० गते कास्कीको