१३५ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

१३५ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३५ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ११० कोरोना संक्रमितको आईसीयूमा र २५ को भेन्टिलेटरमा गरी कुल १३५ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १४ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ४ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ७३ जना आईसीयूमा र १७ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १३ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सुदुरपश्चिममा २ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  १० : ३० बजे

बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै

काठमाडौं– काभ्रेको बनेपामा आज भएको एक घटनामा आगलागी भएको टिपरमा

चार दलका घोषणापत्र : अझै सपनाको उडान झेल्दै स्वास्थ्य सेवा

आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न दलले

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन

ढोरपाटन– एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ

उत्तरी जापानमा हिउँले पुरिएका तीन जनाको उद्धार

एजेन्सी– उत्तरी जापानमा बुधबार हिउँमा पुरिएका तीन जनालाई उद्धार गरिएको

पाँचौँ वर्षमा अन्नपूर्ण केबलकार, निःशुल्क स्वास्थ्य शिविरसहित सञ्चालन

पोखरा– अन्नपूर्ण केबलकार लिमिटेड चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा