नेपालको विद्युत उत्पादन १८ प्रतिशतले घट्यो « Khabarhub

नेपालको विद्युत उत्पादन १८ प्रतिशतले घट्यो

एक महिनामै १८७ प्रतिशतले आयात बढ्यो


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा विद्युत उत्पादन घटेको छ । नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालको उत्पादन १८ प्रतिशतले घटेको छ ।

उत्पादन घटेसँगै आयत भने तीव्र रुपले बढेको छ । एक महिनाको अवधिमा नेपालको आन्तरिक उत्पादन १८ प्रतिशतले घटेको पाइएको छ ।

पुस १ गते नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट ८७ लाख १८ हजार युनिट विद्युत आपूर्ति हुँदा प्राधिकरणका सहायक कम्पनीबाट ५४ लाख २७ हजार युनिट, निजी क्षेत्रका आयोजनाबाट ९७ लाख ५७ हजार युनिट गरि २ करोड ९० लाख ८६ हजार युनिट विद्युत आपूर्ति भएको थियो ।

पुस २८ गतेको तथ्याङ्कमा भने विद्युत प्राधिकरणका आयोजनाबाट ८२ लाख २५ हजार युनिट, सहायक कम्पनीबाट ३९ लाख ६३ हजार युनिट, निजी क्षेत्रबाट ८५ लाख ४० हजार युनिट गरि २ करोड ३९ लाख २ हजार युनिट विद्युत मात्रै आपूर्ति भएको छ ।

जुन १ गतेको तुलनामा २८ गते उत्पादन भएको स्वदेशी विद्युत १८ प्रतिशत अर्थात ५१ लाख ८४ हजार युनिट कम हो ।

योसँगै नेपालले भारतबाट आयात गर्ने विद्युतको परिमाण एक महिनाको अन्तरमै १८७ प्रतिशतले बढेको छ ।

वर्षा याममा आन्तरिक उत्पादित विद्युत खेर फालेको नेपालले हिउँदमा भारतबाट आयात हुने विद्युतको परिमाण भने घटाउन सकेको छैन ।

पुस १ गते २९ लाख ८५ हजार युनिट विद्युत ऊर्जा भारतबाट आयात गरेको नेपालले पुस २८ गते भने ८५ लाख ४० हजार युनिट विद्युत आयात गरेको छ । जुन १ गतेको तुलनामा १८७ प्रतिशत बढी हो । हिउँद लागेपछि आयात भएको यो परिमाण नै यो सिजनकै सर्वाधिक आयात पनि हो ।

भारतबाट आयात गरिएको विद्युत भने १ गते आयात भएको २९ लाख ८५ हजार युनिटको तुलनामा ५५ लाख ५५ हजार युनिट बढी हो ।

१ गतेको उच्चतमा विद्युत माग १५३० मेगावाट रहेकोमा २८ गते १५८८ मेगावाट रहेको छ । जुन ५८ मेगावाट मात्रै बढी हो ।

मध्य पुसमा विद्युत माग बढेर १ दिन १७०० मेगावाट पुगेपनि बाँकी समयमा १६०० मेगावाटकै वरिपरि रहेको थियो ।

१७०० मेगावाट माग हुँदा उपत्यकाको वितरण प्रणालीले थेग्न नसकेपछि २/३ दिन सम्म आपूर्तिमै अवरोध आएको थियो । त्यतिबेला खपत भएको विद्युतको परिमाण पनि करिब ३ करोड युनिट पुगेको थियो ।

त्यो बाहेक पुसको सुरुवाती समय र अन्त्यतिर पनि विद्युत मागमा तुलनातमक फरक देखिएको छैन् । तर आन्तरिक उत्पादन ह्वात्तै घटेपछि आयात हुने विद्युतको परिमाण पनि ह्वात्तै बढेको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  २ : ३१ बजे

पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा बहस सकियो, फैसलाको प्रतिक्षा

काठमाडौं– पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा

विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसद अधिकारीको आपत्ति

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् लिमा अधिकारी

काभ्रे जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक– खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका

लुम्बिनीका मुख्यमन्त्री चेतनारायणले पाए विश्वासको मत : पक्षमा ४५, विपक्षमा २६ मत

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका

प्रतिनिधिसभाबाट ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार