नेपालको विद्युत उत्पादन १८ प्रतिशतले घट्यो | Khabarhub Khabarhub

नेपालको विद्युत उत्पादन १८ प्रतिशतले घट्यो

एक महिनामै १८७ प्रतिशतले आयात बढ्यो


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा विद्युत उत्पादन घटेको छ । नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालको उत्पादन १८ प्रतिशतले घटेको छ ।

उत्पादन घटेसँगै आयत भने तीव्र रुपले बढेको छ । एक महिनाको अवधिमा नेपालको आन्तरिक उत्पादन १८ प्रतिशतले घटेको पाइएको छ ।

पुस १ गते नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट ८७ लाख १८ हजार युनिट विद्युत आपूर्ति हुँदा प्राधिकरणका सहायक कम्पनीबाट ५४ लाख २७ हजार युनिट, निजी क्षेत्रका आयोजनाबाट ९७ लाख ५७ हजार युनिट गरि २ करोड ९० लाख ८६ हजार युनिट विद्युत आपूर्ति भएको थियो ।

पुस २८ गतेको तथ्याङ्कमा भने विद्युत प्राधिकरणका आयोजनाबाट ८२ लाख २५ हजार युनिट, सहायक कम्पनीबाट ३९ लाख ६३ हजार युनिट, निजी क्षेत्रबाट ८५ लाख ४० हजार युनिट गरि २ करोड ३९ लाख २ हजार युनिट विद्युत मात्रै आपूर्ति भएको छ ।

जुन १ गतेको तुलनामा २८ गते उत्पादन भएको स्वदेशी विद्युत १८ प्रतिशत अर्थात ५१ लाख ८४ हजार युनिट कम हो ।

योसँगै नेपालले भारतबाट आयात गर्ने विद्युतको परिमाण एक महिनाको अन्तरमै १८७ प्रतिशतले बढेको छ ।

वर्षा याममा आन्तरिक उत्पादित विद्युत खेर फालेको नेपालले हिउँदमा भारतबाट आयात हुने विद्युतको परिमाण भने घटाउन सकेको छैन ।

पुस १ गते २९ लाख ८५ हजार युनिट विद्युत ऊर्जा भारतबाट आयात गरेको नेपालले पुस २८ गते भने ८५ लाख ४० हजार युनिट विद्युत आयात गरेको छ । जुन १ गतेको तुलनामा १८७ प्रतिशत बढी हो । हिउँद लागेपछि आयात भएको यो परिमाण नै यो सिजनकै सर्वाधिक आयात पनि हो ।

भारतबाट आयात गरिएको विद्युत भने १ गते आयात भएको २९ लाख ८५ हजार युनिटको तुलनामा ५५ लाख ५५ हजार युनिट बढी हो ।

१ गतेको उच्चतमा विद्युत माग १५३० मेगावाट रहेकोमा २८ गते १५८८ मेगावाट रहेको छ । जुन ५८ मेगावाट मात्रै बढी हो ।

मध्य पुसमा विद्युत माग बढेर १ दिन १७०० मेगावाट पुगेपनि बाँकी समयमा १६०० मेगावाटकै वरिपरि रहेको थियो ।

१७०० मेगावाट माग हुँदा उपत्यकाको वितरण प्रणालीले थेग्न नसकेपछि २/३ दिन सम्म आपूर्तिमै अवरोध आएको थियो । त्यतिबेला खपत भएको विद्युतको परिमाण पनि करिब ३ करोड युनिट पुगेको थियो ।

त्यो बाहेक पुसको सुरुवाती समय र अन्त्यतिर पनि विद्युत मागमा तुलनातमक फरक देखिएको छैन् । तर आन्तरिक उत्पादन ह्वात्तै घटेपछि आयात हुने विद्युतको परिमाण पनि ह्वात्तै बढेको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  २ : ३१ बजे

वर्षा र हिमपातका कारण जोखिम बढेपछि कास्की प्रशासनको सतर्कता अपनाउन आग्रह

गण्डकी – जिल्ला प्रशासन कार्यालय कास्कीले बाढीजन्य प्रकोपमा सतर्कता अपनाउन

माओवादी केन्द्रसँग एकता गर्ने नेसपाको निर्णय

काठमाडौं – महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले

जाँचबुझ आयोगद्वारा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन

कञ्चनपुर – गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा

ट्रम्प-सी भेटवार्ता : थामिएला दुई ‘महाशक्ति’ बीचको व्यापार युद्ध ?

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति

स्वनिर्मित नियम घोषणा गरी विश्व व्यापारलाई नबिथोल्न चीनको आग्रह

बेइजिङ– चीनले जी–७ राष्ट्रहरूलाई एउटा समूहको स्वनिर्मित नियमको प्रयोग गरी