माछाको शरीरमा अल्लाह र मोहम्मद, किन्नलाई लाखौँको बोली « Khabarhub

माछाको शरीरमा अल्लाह र मोहम्मद, किन्नलाई लाखौँको बोली


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको यूपीस्गित बुलन्द शहरको एक माछा अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । यस माछाको एकातिर अल्लाह र अर्को तिर लेखिए जस्तो देखिएको छ । यस अनौठो माछालाई किन्न करीबन ५ लाखसम्म खर्च गर्न समेत मानिसहरु तयार भएका छन् ।

बुलन्द शहरका व्यापारी अंकुर सिंघल ड्राई क्लीनरको काम गर्दछ । उनले पसलमा एक्वेरियममा माछा पालेका छन् । उनले ३ वर्ष पहिले अस्कर प्रजातिको माछा किनेर ल्याएका थिए । तर जति जति माछा बढ्दै गयो त्यसको बाहिर भागमा एका तिर अल्लाह र अर्को तिर मोहम्मद लेखिएको जस्तो चिन्ह देखिँदै गयो ।

सुरुमा ती व्यापारीलाई उनको पसलमा काम गर्ने मुस्लिम कारीगरले यसबारे बताएका थिए । तर उर्दू नजानेका उनले उर्दू–अरबी जान्ने व्यक्ति बोलाए र तिनले माछाको बाहिर भागमा अल्लाह र मोहम्मदको लेखिएको बताएपछि उनले विश्वास गरेका थिए ।

माछामा मोहम्मद र अल्लाहको चिन्ह भेटिएपछि कैयौँ समृद्ध मुसलमानले त्यसलाई किन्न ३ लाख भारुसम्मको बोलकबोल गरे । तर ती व्यापारीले त्यसलाई बेच्न चाहेका छैनन् । अहिले उनको पसलमा ग्राहक भन्दा माछा हेर्न आउनेको भिड लाग्ने गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : २० बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको