बागमतीको शङ्खमूल क्षेत्रमा महिनौँदेखि थुप्रिएको फोहरको व्यवस्थापन | Khabarhub Khabarhub

बागमतीको शङ्खमूल क्षेत्रमा महिनौँदेखि थुप्रिएको फोहरको व्यवस्थापन


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती नदीको शङ्खमूल क्षेत्रमा महिनौँदेखि थुप्रिएको फोहरको व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको ४५३औँ हप्ताको सफाइका क्रममा आज शङखमूल पुलमुनि थुपारिएको फोहर उठाएर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

सो अवसरमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जेसिभी प्रयोग गरेर थुपारिएको फोहर उठाएको थियो । सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । सफाइ २५/२५ जनाको समूह बनाएर भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गरिएको थियो ।

पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि सजगता अपनाएर सफाइ महाअभियानलाई निरन्तरता दिइएको महाअभियानले जनाएको छ ।

सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौँ महानगरपालिका वडा नं ११ अध्यक्ष हीरालाल तण्डुकार, हनुमान मार्ग टोल सुधार समितिका अध्यक्ष दिव्यमणि ज्ञवाली, वानेश्वर महिला वातावरण सेवाका दुर्गा दुलाल, विभिन्न सङ्घसंस्था, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुका कर्मचारी एव बागमती सफाइ अभियानकर्मीको सक्रियता रहेको उनले सुनाए ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको अन्तिम दिन शनिबार बिहान दुई घण्टा निरन्तर जारी छ । चाडपर्व, चिसो, गर्मी, प्राकृतिक प्रकोप एवं कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान हुने गरेको छ ।

महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा यसका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल काठमाडौँ उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

गुह्येश्वरी माथिको बागमती सफाइ आज पनि जम्बोडाँडा क्षेत्रको नदी किनारमा गरिएको छ । त्यस क्षेत्रलाई फोहरमुक्त गर्न गत हप्तादेखि नै सफाइ अभियानलाई त्यहाँ केन्द्रित गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए ।

मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले मनोहरा नदी किनार क्षेत्रमा सफाइ गरेको छ । मनोहरा सफाइ अभियानको २५२औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ जडीबुटी नमूना बस्ती क्षेत्रमा सफाइ गरिएको छ ।
सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको मनोहरा सफाइ संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, चक्रपथको उत्तरी र पश्चिमी भेग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थल सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिर १०९ स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ४ : १९ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका