फुङ्लिङमा ‘पालाम’ वृतचित्रको विमोचन « Khabarhub

फुङ्लिङमा ‘पालाम’ वृतचित्रको विमोचन


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ ।

माघे संक्रान्ति अर्थात् कक्फेक्वा तङ्नामको अवसर पारेर माङ्गेना अनलाइन टिभीले तयार पारेको पालामको प्रदेशसभाका सांसद प्रतापप्रकाश हाङ्गामले बिमोचन गरे । १८ मिनेट लामो पालामभित्र लिम्बू जातिको मौलिक संस्कृति र परम्पराको गाथा गाइएको छ । ‘शिर उठाइ डुली हिड्दा,धर्ती माथि घुमी हिड्दा’भन्ने शब्दबाट सुरु भएको पालामका अधिकांश सेरहरु प्रेमिल भावमा बगेका छन् ।

‘पृथ्वी माथि घुमी हिँड्दा, प्रेमको पर्दा खोली हेर्दा’ यो शब्दले गीतबाटै प्रेमीप्रेमिकाको साइनो जोड्न खोजेको छ । कथाका पात्र र बिषय काल्पनिक बनाएर तयार पारिएको पालममा‘फुलजस्तो जोवन फुलेछौ नी, प्रेममा सुहाउँदो भए छौ नी’ प्रेमीले प्रेमिकालाई यसरी जिस्क्याएका छन् ।

प्रेम बराबर हुने तर्क गरिएको पालाममा राजा नापिने ढुङ्गामा पुगेर प्रेमी प्रेमिकाले आफ्नो उचाइ ग्रहण गरेर प्रेमलाइ तराजुमा जोख्न नहुने अडान कसिएको छ । ‘बलेसी पानी तत्प खस्यो, भन्नलाई बात ठ्याक्क बस्यो’अन्तिम सेरमा यसो भन्दै पालामको बिट मारिएको छ । माङ्गेना अनलाइन टिभीका प्रोपाइटर भक्त पालुङ्वा र कौशिला चोङ्वाङको मुख्य अभिनय रहेको पालामको अधिकांश दृश्य दोभानमा पुसेमेलाका क्रममा कैद गरिएको छ ।

धनुषकाँड र बिनायोको प्रयोग देखि ऐतिहासिक मानिएको राजा नापिने ढुङ्गा सम्म पालामको कथाभित्र समेटिएका छन् । विषेशगरी सोल्टी–सोल्टिनी वा साइनो सम्बन्ध नलाग्नेबीच हात समाएर गोलो घेरा बनाएर नाच्नु लिम्बू जातिको विषेशता हो । विवाह, शुद्धाइँ तथा विभिन्न चाडपर्व र मेलाहरुमा नाचिने यस्तो नृत्यलाई याःलाङ अर्थात् धान नाच भनिन्छ । यो नाच लिम्बू समुदायको मौलिक संस्कृतिभित्र पर्ने लोकप्रिय सभ्यता हो ।

सुखदुःखको समयमा साइनो नलाग्ने महिला र पुरुषले हातमा हात समाएर गोलाकार घेरामा घुम्दै अघि पछि सर्दै मुन्धुमको साथमा नाचिने यालाङ नाचको बेला गाइने गीत ‘पालाम’ हो । मेला, उत्सव, विवाह, भोज, बजारमा मायाप्रिती साट्दै दुःखसुख पोख्ने माध्यमको रुपमा नाचिँदै आएको धाननाच पछिल्लो समय उधौली–उभौली पर्व तथा औपचारिक कार्यक्रममा मात्रै सीमित हुन थालेको छ ।

विमोचन कार्यक्रममा किराँत धर्म तथा साहित्य उत्थान संघका जिल्ला अध्यक्ष कर्णबहादुर पालुङ्वा,किराँत याक्थुङ चुम्लुङका प्रदेश सदस्य मोति पालुङ्वा,फुङ्लिङ वडा नं ५ का वडासदस्य सुरेश सिंघक लगायतको उपस्थिति रहेको थियो । पालामको छायाँङ्कन र प्रस्तुतिबारे वडासदस्य सिंघक,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,सामाजिक कार्यकर्ता अस्मिता साँवा लगायतले प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ८ : ४५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल