अंग्रपङ्तिमा खटिनेलाई बुस्टर डोज आजदेखि | Khabarhub Khabarhub

अंग्रपङ्तिमा खटिनेलाई बुस्टर डोज आजदेखि


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले आज (आइतबार) कोरोना रोकथामका लागि अंग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई कोभिड विरुद्धको बुस्टर डोज दिन सुरु गर्दैछ।

यसअघि पूर्ण मात्रा खोप लगाइसकेका र ६ महिना पूरा भएकाहरुलाई पहिले लगाइएकै बुस्टर खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले खोप हाल सञ्चालित र थपिने खोप केन्द्रहरूबाट नै दिइने छ । कोभिड रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्ने ९ लाख ४९ हजार ८ सय ८७ जनालाई कोभिड विरुद्धको बुस्टर डोज दिइने उनले जानकारी दिए ।

हाल फ्रन्टलाइनर अन्तर्गत बुस्टर खोप पाउनेहरूमा स्वास्थ्यकर्मी तथा सबै कर्मचारी, नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीसहित सबै सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरू छन् ।

सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारीलाई समेत थप मात्रा दिइने छ । यस अन्तर्गत सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा संचारकर्मी, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालक लगायतका रहेको डा.अधिकारी बताए ।

सरकारले माघ १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र दिर्धरोगीहरूका लागि बुस्टर डोज खोप लगाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ९ : ०५ बजे

विश्वको सबैभन्दा शक्तिशाली रकेट ‘स्टारसिप’को पाँचौँ परीक्षण सफल

काठमाडौं– विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको पाँचौँ परीक्षण सफल भएको

एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण

काठमाडौं– मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’

बाँके– बाँकेको वैजनाथ गाउँपालिका–३ स्थित ‘सुतैया ताल’ आन्तरिक पर्यटकका लागि

हुलाकी राजमार्ग : कालिया खोलामा पुल नहुँदा समस्या

सप्तरी– हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित

दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल

रामेछाप– दशैँमा यात्रुको चाप बढ्दा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि