जाजरकोट भूकम्पको उच्च जोखिममा « Khabarhub

जाजरकोट भूकम्पको उच्च जोखिममा


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ। पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रवीण कार्कीले पहाडी जिल्ला जाजरकोटमा निर्माण भइरहेका अधिकांश संरचना भूकम्प मापदण्ड विपरीत रहेको बताए ।

भूकम्प पूर्व सूचना दिएर नआउने भएकाले अहिलेदेखि नै नयाँ बन्ने संरचना बलियो बनाउनुपर्ने कार्कीको भनाइ छ । ‘सन् १३११ देखि १९९० मा महाभूकम्प गएको बताउँदै ६० देखि १०० वर्षको बीचमा भूकम्प आउने गरेको छ,’ कार्कीले भने ।

२०५५ देखि नेपालमा भूकम्प दिवस मनाउने गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले भूकम्पीय सचेतना सुरक्षित संरचना निर्माणमा सबैले जोड दिनुपर्ने बताए । ‘हामीले भूकम्प रोक्न सक्दैनौं,’ देवकोटाले भने, ‘भूकम्पबाट सुरक्षित रहन पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।’ भौतिक संरचना र पूर्वाधार निर्माण गर्दा हामीले ध्यान दिँदा सन्ततिले भूकम्पबाट क्षति ब्यहोर्न नपर्ने देवकोटाले बताए ।

खानेपानी ऊर्जा तथा सिचाइ विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले जाजरकोट जिल्लामा भवन निर्माण गर्दा भवन निर्माण आचारसंहितालाई पालना गरी भवन निर्माण गर्नुपर्ने बताए ।

जाजरकोट प्रहरी प्रमुख मधुकमार थापाले भूकम्पबाट सुरक्षित रहन भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्न सुझाव दिए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ८ : ४९ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग