जाजरकोट भूकम्पको उच्च जोखिममा « Khabarhub

जाजरकोट भूकम्पको उच्च जोखिममा


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ। पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रवीण कार्कीले पहाडी जिल्ला जाजरकोटमा निर्माण भइरहेका अधिकांश संरचना भूकम्प मापदण्ड विपरीत रहेको बताए ।

भूकम्प पूर्व सूचना दिएर नआउने भएकाले अहिलेदेखि नै नयाँ बन्ने संरचना बलियो बनाउनुपर्ने कार्कीको भनाइ छ । ‘सन् १३११ देखि १९९० मा महाभूकम्प गएको बताउँदै ६० देखि १०० वर्षको बीचमा भूकम्प आउने गरेको छ,’ कार्कीले भने ।

२०५५ देखि नेपालमा भूकम्प दिवस मनाउने गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले भूकम्पीय सचेतना सुरक्षित संरचना निर्माणमा सबैले जोड दिनुपर्ने बताए । ‘हामीले भूकम्प रोक्न सक्दैनौं,’ देवकोटाले भने, ‘भूकम्पबाट सुरक्षित रहन पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।’ भौतिक संरचना र पूर्वाधार निर्माण गर्दा हामीले ध्यान दिँदा सन्ततिले भूकम्पबाट क्षति ब्यहोर्न नपर्ने देवकोटाले बताए ।

खानेपानी ऊर्जा तथा सिचाइ विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले जाजरकोट जिल्लामा भवन निर्माण गर्दा भवन निर्माण आचारसंहितालाई पालना गरी भवन निर्माण गर्नुपर्ने बताए ।

जाजरकोट प्रहरी प्रमुख मधुकमार थापाले भूकम्पबाट सुरक्षित रहन भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्न सुझाव दिए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ८ : ४९ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती