कृष्णभीरको भासिएको सडक पूर्ण रूपमा बन्न अझै समय लाग्ने « Khabarhub

कृष्णभीरको भासिएको सडक पूर्ण रूपमा बन्न अझै समय लाग्ने


२२ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँ पालिका ७ पृथ्वी राजमार्गको कृष्णभिरमा भासिएको सडक पूर्ण रुपमा निर्माण हुन अझै केही समय लाग्ने भएको छ । 

त्रिशूली नदीमा आएको बाढीको कटानका कारण भाद्र १४ गते सडक भासिए पनि कृष्णभीरमा सडक अवरुद्ध भएको छ । उक्त स्थानको साइडबाट भित्ता काटेर सडक निर्माण गर्ने काम भई रहेको छ । 

काठमाडौं आउने मुख्य राजमार्ग अवरुद्ध भएपछि यात्रुवाहक यातायातका साथै अत्यावश्यक सामाग्रीको ढुवानी प्रभावित भएको छ । 

उक्त सडकखण्ड छिटो निर्माणको लागि सम्पूर्ण प्राविधिकहरू लागि परेको सडक विभागका महानिर्देशक विजय जैसीले बताए। 

उनले जोखिम मोलेरै भए पनि भूगर्भविद् तथा इन्जिनियरहरूको परामर्शमा सडक खुलाउने काम भइरहेको जानकारी दिए । 

बाढी आउने सम्भावना अझै एक महिना रहने भएकाले पानी पसेर थप क्षति नहोस् भनेर सतर्कता अपनाइएको उनको भनाइ छ । 

महानिर्देशक जैसीले भविष्यमा यस समस्याको स्थायी समाधानका लागि सुरुङ मार्ग बनाउने वा पारिपट्टि पुल हालेर सडक लैजाने दुई वटा विकल्पमा प्राविधिक तथा लागत अध्ययन भइरहेको जानकारी दिए ।  

उक्त राजमार्गको करिब २ सय मिटर सडक त्रिशूली नदीले कटान गर्दा भासिएको थियो । उक्त सडक खण्डमा भित्ता काटेर सडक बनाउने काम भइरहेको छ । 

उक्त सडक निर्माणको लागि दुवै तर्फ वाट ५ वटा मेसिन सञ्चालनमा रहेका छन् । उक्त सडक अवरुद्ध हुँदा काठमाडौंबाट अन्य जिल्ला जाने र अन्य जिल्लाबाट काठमाडौं आउने सवारी साधनहरूले वैकल्पिक राजमार्गहरू प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  १ : ३८ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको