हलेसी तुवाचुङमा क्षयरोगीको खोजी सुरु  | Khabarhub Khabarhub

हलेसी तुवाचुङमा क्षयरोगीको खोजी सुरु 


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सम्भावित सक्रिय क्षयरोगीको खोजी सुरु गरिएको छ । क्षयरोगीको पहिचान गर्दै उपचार गरेर क्षयरोगमुक्त नगरपालिका बनाउने लक्ष्यका साथ क्षयरोगबाट ग्रसित बिरामीको पहिचान सुरु गरिएको हो ।

११ वडा रहेको नगरपालिकामा २७ पुसदेखि क्षयरोगबाट बच्ने उपायका बारेमा सचेतना फैलाउँदै क्षयरोगका सक्रिय बिरामीको पहिचानका लागि खकारको नमुना संकलन भइरहेको स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले बताए ।

आगामी आर्थिक वर्ष नगरपालिकालाई क्षयरोगमुक्त नगर बनाउने लक्ष्यका साथ राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुर समक्ष प्रस्तावना पेस गरेर नगरपालिकामा क्षयरोगको पहिचान एवं सचेतना कार्यक्रम सुरु गरिएको हो ।

नगरपालिकाभित्रका १ हजार ५०० सम्भावित क्षयरोगीको खकारको नमुना संकलन गरेर परीक्षणको तयारी गरिएको छ । हालसम्म अर्खौले, सल्ले, धितुङ, महादेवस्थान, मंगलटार, च्यास्मिटार, बाहुनीडाँडा र वडहरेका ९०० जनाको नमुना खकार संकलन गरिसकिएको छ ।

खकारको नमुना संकलनसँगै क्षयरोगबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा जनचेता फैलाउने काम भइरहेको स्वास्थ्य शाखा संयोजक आचार्यले बताए । संकलित खकारको नमुनालाई स्वास्थ्य चौकी दुर्छिम र जिल्ला अस्पताल खोटाङको प्रयोगशालामा परीक्षण गरिने जनाइएको छ ।

खकार परीक्षणका क्रममा फेला परेका क्षयरोगका बिरामीलाई सम्वन्धित वडाको स्वास्थ्यचौकीमार्फत निःशुल्क औषधि उपलब्ध गराएर ६ महिनासम्म औषधोपचारको व्यवस्था मिलाउने तयारी गरिएको छ ।

खकारको नमुना संकलन एवं क्षयरोग विरुद्धको सचेतना अभियानमा जिल्ला अस्पतालको प्रयोगशालाका दुई जना, स्वास्थ्यचौकी दुर्छिमको प्रयोगशालाका दुई जना, स्वास्थ्य चौकी च्यास्मीटारबाट एक जना स्वास्थ्यकर्मी लगायत १० स्वास्थ्यकर्मी खटिएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १० : ३० बजे

मुस्ताङ भित्रिए २० हजार ‘हाइब्रिड’ स्याउका बिरुवा

मुस्ताङ– स्याउको उर्वरभूमि मानिएको हिमालपारीको जिल्ला  मुस्ताङमा मङ्गलबार २० हजार

करेन्ट लागेर कामदारको मृत्यु

इनरुवा– सुनसरी सदरमुकाम इनरुवा–३ मा आज करेन्ट लागेर एक कामदारको

विरोधीसँग घाँटी जोडेर दुनो सोझ्‍याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक

अर्थसंक्षेप : यामाहा मोटरसाइकल किनेका ग्राहकलाई सास्ती, तीन लाख ९३ हजार क्षतिपूर्ति, रेजर ब्लेडको अनौठो व्यापार र ५ अंकले बढ्यो नेप्से 

गड्डाचौकी भन्सारबाट निर्यात शून्य कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीबाट निर्यात शून्य

लाखे प्याखँको नगर परिक्रमा (तस्बिरहरू)

काठमाडौं– लायकू मिप्वा: लाखे पुच: द्वारा सञ्चालन हुँदै आइरहेको सांस्कृतिक