रौतहटमा प्रभु साह पक्षले  एकलौटी घोषणा गर्‍याे एमाले जिल्ला अध्यक्ष, असन्तुष्ट पक्षले अस्वीकार गर्ने « Khabarhub

रौतहटमा प्रभु साह पक्षले  एकलौटी घोषणा गर्‍याे एमाले जिल्ला अध्यक्ष, असन्तुष्ट पक्षले अस्वीकार गर्ने


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह गरेको छ ।

साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निर्वतमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेको हो ।

एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो ।

तर, गिरिले ‘अध्यक्ष मन्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटी अवैध’ भनेका छन् । ‘अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन। सोमबार दिउँसो ११ बजे गरुडा पार्टी कार्यलयमा उपस्थित हुनु हुन सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,’ नयाँ कमिटी घोषणा अघिसम्म अध्यक्ष रहेका गिरिले आह्वान गरेका छन् ।

तर, प्रभुले भने अध्यक्षमा त्रिभुवन साह, उपाध्यक्षमा दिपक यादव, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेलसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको जानकारी दिएका छन् । न्यूजकारखाना

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ११ : ४५ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग