प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै « Khabarhub

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको सङ्ख्या बढ्दै गएको छ । 

भोटेकोशी बाढीपीडितलाई  राहत, उद्धार तथा पुनः स्थापना गर्न दाताहरूले राहत कोषमा रकम दाखिला गर्ने क्रम बढ्दै गएको हो ।
 
गुल्मी : भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि गुल्मीका स्थानीय तहले रु एक करोड ४७ लाख ४३ हजार ४३ सहयोग गर्ने निर्णय गरेका छन् ।

जिल्लाका १० स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेका हुन् । बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै स्थानीय तहले आफ्ना कोष तथा जनप्रतिनिधि, कर्मचारी र शिक्षकको पारिश्रमिकबाट रकम जुटाएर सहयोग गर्ने निर्णय गरेको बताएका छन् ।

सत्यवती गाउँपालिकाले ३० लाख ६८ हजार ३९१ रुपैयाँ, इस्मा गाउँपालिकाले २१ लाख एक हजार ६९६ रुपैयाँ, रुरु क्षेत्र गाउँपालिकाले २६ लाख ७५ हजार रुपैयाँ र कालीगण्डकी गाउँपालिकाले १९ लाख ५५ हजार १५६ रुपैयाँ सहयोग गर्ने भएका हुन् । 

चन्द्रकोट गाउँपालिकाले रु १४ लाख, धुर्कोट गाउँपालिकाले १३ लाख ३७ हजार रुपैयाँ, रेसुङ्गा नगरपालिकाले १० लाख रुपैयाँ, गुल्मी दरबार गाउँपालिकाले पाँच लाख रुपैयाँ, मदाने गाउँपालिकाले चार लाख पाँच हजार ८०० रुपैयाँ र मालिका गाउँपालिकाले तीन लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन् ।

सुनसरी :  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले भोटेकोशी बाढीपीडितका लागि ३७ लाख दुई हजार रुपैयाँ सहयोग गरेको छ ।

प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पूर्वकर्मचारी (पेन्सनर) ले एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन सहयोग स्वरूप रकम उपलब्ध गराएको प्रमुख मोहनकुमार राईले जानकारी दिए । 

विराटनगर : विराट ग्रुप, विराट नगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रुपैयाँ दाखिला गरेको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम राहत कोषमा दाखिला गरिएको विराट ग्रुपका अध्यक्ष प्रा डा ज्ञानेन्द्र मानसिंह कार्कीले जानकारी दिए । 
 
कोषमा ग्रुपमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब सङ्कलन गरिएको थियो ।

भक्तपुर : भक्तपुरका दुई वटा विद्यालयले नौ लाख पाँच हजार ३०४ रुपैयाँ राहत सङ्कलन गरेका छन् । रसुवामा गएको बाढी पीडितको राहतका लागि एभरेस्ट इङ्लिस स्कुल र एभरेस्ट भक्तपुर स्कुलले उक्त रकम सङ्कलन गरेका हुन् । 

एभरेस्ट इङ्लिस स्कुलबाट छ लाख २३ हजार ४४ रुपैयाँ र एभरेस्ट भक्तपुर स्कुलबाट दुई लाख ८२ हजार २६० रुपैयाँ आज प्रधानमन्त्री राहत कोषमा दाखिला भएको सो विद्यालयका प्रधानाध्यापकले जानकारी दिएका छन् । 

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ६ : १३ बजे

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको