सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने | Khabarhub Khabarhub

सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – मंगलबारेस्थित सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने भएको छ । यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ । अगामी फागुन ८ देखि प्रत्येक आइतबार उडान–अवतरण हुने निश्चित भएको हो ।

नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा रु आठ हजार ७०० तोकिएको छ । सम्झौताअनुसार ११-११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ ।

नगरपालिकाले एकतर्फ भाडा तिरे दुइतर्फकै उड्नका लागि सहुलियत दिएको छ । नगर प्रमुख महेश बस्नेतले रु आठ हजार ७०० मा टिकट काटिएपछि आउने–जाने दुवैतर्फी टिकट यात्रुले पाउने जानकारी दिए । हाल तीन हप्ताका लागि सम्झौता भएको छ । कम्तीमा तीन महिना नियमित सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।

सम्झौताअनुसार यस अवधिमा इन्धनको मूल्य फरक परेमा त्यहीअनुसार भाडा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ । गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पनि उडान–अवतरणका लागि विमानस्थल तयार भइसकेको छ ।

विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौर्डाको धावनमार्ग कालोपत्रे भएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब रु २८ करोड खर्च भइसकेको प्राधिकरणले जनाएको छ । २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । विमानस्थल सञ्चालनपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङ सिक्किमलगायतका बासिन्दालाई सुविधा हुनेछ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १ : ४० बजे

अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ

बेइजिङ– चीनले आगामी साता स्टकहोममा हुने व्यापार वार्तामा संयुक्त राज्य

गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु

एजेन्सी – इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको

तराई–मधेसमा खानेपानी र सिँचाइका लागि काम गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव

एमाले महासचिवको तर्क- लोकतन्त्र बलियो बनाउन विद्या भण्डारीलाई रोक्यौँ, सदस्यता स्वत: निष्क्रिय भइसक्यो

काठमाडौं- नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय

कसले गर्‍यो रेजर ब्लेडको अनौठो व्यापार ?

काठमाडौँ – नेपाल अधिकांश वस्तु आयात गरेर निर्वाह हुँदै आएको