कलाकारलाई लोकबाजा प्रशिक्षण « Khabarhub

कलाकारलाई लोकबाजा प्रशिक्षण


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बागमती प्रदेशका युवा कलाकारहरुलाई मौलिक लोकबाजा प्रशिक्षण दिएको छ । प्रतिष्ठानले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा दुई साता सात लोकबाजाबारे प्रशिक्षण दिएको हो ।

आयोजकका अनुसार झण्डै १ सय ३५ युवाले लिम्बु जातिको च्याब्रुङ, राई जातिको ढोल, तामाङ जातिको टुङ्ना र डम्फु, नेवार जातिको धिमे तथा बाँसुरी र सारंगी बाजाबारे प्रशिक्षण लिएका थिए ।

युवाहरुलाई च्याब्रुङ बाजाबारे यासेली योङहाङ, ढोलमा दीपेश राई, धिमेबारे नरेश प्रजापति, तुङ्ना डम्फुमा छेवाङ तेन्जिङ लामा, बाँसुरीमा गोपालनाथ घतानी, सारंगीमा भरत नेपाली र तालवादनमा भरत बुढाथोकीले प्रशिक्षण दिएका थिए ।

प्रतिष्ठानले लोकबाजा सम्बद्ध सामुदायिक संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ, ज्याठा पञ्चदान गुठी प्रजापति खलसँग स्थानीय व्यवस्थापनका लागि सहकार्य गरेको थियो ।

प्रतिष्ठानका संगीत विभाग प्रमुख प्राज्ञ अशोककुमार राईले संगीत संयोजनबारे जानकारी, सामूहिक बादन विधि तथा अभ्यास, व्यावसायिक वाद्यवादक बन्न हुनुपर्ने पूर्वाधार ज्ञान, अन्य बाजाहरुसँग समिश्रण गर्ने अभ्यास तथा प्रदर्शन, आधुनिक प्रविधि तथा रेकर्डिङबारे जानकारी दिइएको बताए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  २ : ४१ बजे

दलको नेतामा कांग्रेस अनिर्णयको बन्दी, अन्तिम समयमा निर्वाचन कार्यक्रम नै स्थगित

काठमाडौं- प्रतिनिधि सभाको निर्वाचन भएको दुई महिना हुन लाग्दा पनि

ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद

नयाँ दिल्ली- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सामाजिक सञ्जालमा गरिएको एक

सुकुम्वासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न एमालेको आग्रह

काठमाडौं– नेकपा (एमाले)ले सुकुम्वासी बस्तीहरू हटाउँदा नेपालको संविधानद्वारा सुनिश्चित गरिएका

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन, आशा

इराकी लडाकु समूहका नेतामाथि एक करोड डलर इनाम

बग्दाद- इराकमा सक्रिय एक सशस्त्र समूहका नेताको खोजीलाई तीव्र बनाउँदै