लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट « Khabarhub

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गाको सहज उपलब्धता सँगसँगै सुरक्षाको प्रत्याभूति र कानुनमा देखिने झमेलाको सहजीकरण गर्न सकेमा लगानीमैत्री वातावरण बन्ने बताएका छन् ।

गैरआवसीय नेपाली सङ्घ (एनआरएन)का अध्यक्षसहितका पदाधिकारीको सहभागितामा आज धनगढीमा भएको अन्तरक्रियामा मुख्यमन्त्री भट्टले नेपालमा विकास र लगानीको मोडेल (प्रारुप)मा एकरुपता नहुँदा पनि लगानी मैत्री वातावरण बन्न नसकिरहेको बताए ।

प्रदेशमा पर्यटन, कृषि, ऊर्जा, उद्योगलगायत क्षेत्रमा लगानी गर्न सकिने सम्भावना औँल्याउँदै उनले भने, “प्रदेशमा अहिलेसम्म कसैबाट पनि लगानी गरिएको छैन, लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।”

मुख्यमन्त्रीले अहिलेसम्म नेपालमा र खासगरी सुदूरपश्चिम प्रदेशमा गरिएको सहयोगप्रति एनआरएनलाई धन्यवाद दिए।

आर्थिक मामिलामन्त्री तारालामा तामाङ र भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशको समग्र विकासका लागि एनआरएनबाट भूमिका निर्वाह भइरहने विश्वास व्यक्त गरे ।

एनआरएनका अध्यक्ष कुमार पन्तले विदेशमा बसेर प्राप्त भएको ज्ञान सीपलाई आफ्नै देशको समृद्धिका लागि प्रयोग गर्ने सोच संस्थाको रहेको बताए । उनले भने, “नेपालमा कोभिड–१९ को समस्या आउँदा सबैभन्दा पहिले एनआरएनले नै सहयोग सामग्री पठाएको थियो ।” एनआरएनको पहलमा नेपालमा रु दस अर्ब लागानीका लागि प्रयास भइरहेको उनले जानकारी दिए ।

संस्थाका पूर्वअध्यक्ष जीवा लामिछाने, नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौडेल, पत्रकार दीर्घराज उपाध्याय लगायतले सुदूरपश्चिममा लगानी मैत्री वातावरणका सम्भावना र चुनौतीका विषयमा आफ्ना धारणा राखेका थिए ।

विदेशमा रहेका नेपालीको संस्था एनआरएनले नेपालमा भूकम्प, कोभिड–१९ जस्ता विपत्तिको समयमा विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले नेपालमा कोरोना भाइरसका सङ्क्रमितको उपचार व्यवस्थापनका लागि प्रयोगमा आउने अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्टेटरलगायत सामग्रीको सहयोग गरेको जनाइएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १० : २० बजे

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा