चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु « Khabarhub

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु भएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने उक्त मेलामा काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता छ । मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ । लिच्छवीकालीन उक्त मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको सम्पदाका रुपमा स्थापित छ ।

शिव र पार्वतीको संयुक्त आकार प्रतिविम्बित मूर्ति राखिएको त्यस मन्दिरमा हिन्दू र बौद्ध धर्मका अनुयायीले साझा मन्दिरका रुपमा आस्था प्रकट गर्दै आएका छन् । त्यस मन्दिरलाई अर्धनारेश्वर र आदिनाथ दुवै भन्ने प्रचलन छ ।

मेलामा सहभागी भएमा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती छ भने मन्दिरको दर्शन गरेमा भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

मन्दिरमा बौद्ध धर्मावलम्बीले करुणाका प्रतीकका रुपमा लोकेश्वरको पूजाआजा गर्ने प्रचलन छ । लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने र धनसम्पत्ति प्राप्त हुने विश्वासका साथ मन्दिरमा पूजाअर्चना गरिन्छ । हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा आदिनाथलाई पूजन गर्ने चलन छ ।

काठमाडौँ उपत्यकाको मनोरम दृश्य देखिने उक्त मन्दिरबाट नजिकै मञ्जुश्री पार्क, जलविनायक मन्दिर, टौदहजस्ता धार्मिक महत्व बोकेका तीर्थस्थल छन् । काठमाडौँ उपत्यका दहका रुपमा रहेकामा मञ्जुश्रीले खड्ग प्रहार गरी पानीलाई निकास दिएको चोभार गल्छी पनि यसै स्थानमा छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  १० : ३९ बजे

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित