राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण « Khabarhub

राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण



काठमाडौँ– राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । केही दिन यता गरिएको परीक्षणमा ५२ जना चिकित्सक, नर्स, प्यारामेडिक्स, प्रयोगशालाकर्मीमा संक्रमण पुष्टि भएको ट्रमाका निर्देशक डा. प्रमोद जोशीले बताए ।

ट्रमाको आइसीयू युनिटका ७ जना, ल्याबका ७ जना, फिजियोका ६ जना, वार्डहरुमा कार्यरत १० जनालगायत प्रशासन र अन्य विभागका गरी आजसम्म संक्रमितको संख्या ५२ पुगेको हो । डा. जोशीले संक्रमित सबैजना होम आइसोलेसनमा रहेको जानकारी दिए ।

‘कन्सलटेन्ट डाक्टर, रेजिडेन्ट डक्टर, नर्स तथा अन्य प्यारामेडिक्स तथा कर्मचारीसमेत संक्रमित भएकाले व्यवस्थापन गर्न गाह्रो छ,’ उनले भने ।

यस्तै, ट्रमासेन्टरले डा. समाज गौतमको संयोजकत्वमा कोभिड १९ रेस्पोन्स टिम गठन गरेको छ । ‘कोभिडको नयाँ भेरियन्टले सिर्जना गरेको तेस्रो लहरमा कसरी जुधेर अघि बढ्ने भन्ने विषयमा यो टिमले काम गर्ने छ,’ डा जोशीले भने ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ७ : ०० बजे

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद