छाडा कुकुरको व्यवस्थापन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण « Khabarhub

छाडा कुकुरको व्यवस्थापन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोटको दुई गाउँ बीचको रानी वन क्षेत्रका सडकमा रहेका भुस्याहा र जथाभावी छोडिएका कुकुरले स्थानीयलाई टोक्न थालेपछि स्थानीय महिलाहरू जिल्ला प्रशासन कार्यालयमा कुकुर व्यवस्थापनको मागसहित पुगेका छन् ।

सिमकोट माथिल्लो गाउँ र तल्लो गाउँका तीन जना महिना भुस्याहा कुकुरको व्यवस्थापनको मागसहित जिल्ला प्रशासन कार्यालय पुगेका हुन् । सिमकोटमा छोडेका कुकुरले महिला तथा बालबालिकालाई टोक्न थालेपछि प्रशासन पुगेर सहयोग मागेको सिमकोट गाउँपालिका -६ का स्थानीय राजु रोकायाले बताए ।

शुक्रबार चंखेली गाउँपालिका –६ मेल्छामकी सात वर्षीया बिमारिया ऐडीलाई आमासँगै हिँडिरहेका बेला रानीवन क्षेत्रमा कुकुरले टोकेर घाइते बनाएको थियो । जिल्लामा ती बालिकाको उपचार हुन नसकेपछि काठमाडौँ पठाइएको छ । अहिले उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले स्थानीय महिलासँग कुकुरको उचित व्यवस्थापन गरिने बताएका छन् ।

 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ८ : ४५ बजे

राष्ट्रपतिले ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने