सिडीको ‘तिमीसँग’मा विछोडको कथा « Khabarhub

सिडीको ‘तिमीसँग’मा विछोडको कथा


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का प्रथम विजेता तथा गायक, संगीतकार सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘तिमीसँग छुट्टिएर’को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

गीतमा कल्पना पाठकको शब्द र गायक सिडीकै संगीत तथा राजु कार्कीको संगीत संयोजन छ । वियोगान्त भावको गीतको भिडियो अमेरिकामा छायांकन गरिएको हो ।

आधा दशकदेखि अमेरिका बस्दै आएका निर्देशक सुमन दाहालले अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा भिडियो छायांकन गरेका हुन् ।

भिडियोमा राजु भण्डारी र निश्मा चापागाईं फिचर्ड छन् । प्रेममा निश्माले धोका दिएपछि राजु एकल हुुनुको पीडालाई भिडियोमा देखाइएको छ ।

भिडियोमा अक्की शर्माको सम्पादन र छायांकन, भुपेन्द्र अधिकारीकाे भिडियाे मिक्सिङ तथा रेनिस फागोको रंग संयोजन छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ११ : १६ बजे

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युतका टनेलमा खोज जारी रहन्छ : नेपाली सेना

काठमाडौं– नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक

रसुवा बाढीपीडितलाई कांग्रेसको एक करोड राहत

काठमाडौं– नेपाली कांग्रेसले  रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ

राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

इन्द्रजात्राको तयारी : मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालियो (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र

होर्मुज जलडमरूमध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

काठमाडौं- इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित