सिडीको ‘तिमीसँग’मा विछोडको कथा « Khabarhub

सिडीको ‘तिमीसँग’मा विछोडको कथा


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का प्रथम विजेता तथा गायक, संगीतकार सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘तिमीसँग छुट्टिएर’को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

गीतमा कल्पना पाठकको शब्द र गायक सिडीकै संगीत तथा राजु कार्कीको संगीत संयोजन छ । वियोगान्त भावको गीतको भिडियो अमेरिकामा छायांकन गरिएको हो ।

आधा दशकदेखि अमेरिका बस्दै आएका निर्देशक सुमन दाहालले अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा भिडियो छायांकन गरेका हुन् ।

भिडियोमा राजु भण्डारी र निश्मा चापागाईं फिचर्ड छन् । प्रेममा निश्माले धोका दिएपछि राजु एकल हुुनुको पीडालाई भिडियोमा देखाइएको छ ।

भिडियोमा अक्की शर्माको सम्पादन र छायांकन, भुपेन्द्र अधिकारीकाे भिडियाे मिक्सिङ तथा रेनिस फागोको रंग संयोजन छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ११ : १६ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले