यी हुन् चिसोबाट बच्ने उपाय « Khabarhub

यी हुन् चिसोबाट बच्ने उपाय


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जाडोयाम दिउँसो मौसम ठिकै भए पनि बिहान र साँझ भने अत्यधिक चिसो हुने गरेको छ । जोडोयाममा यही चिसोका कारण धेरै मानिस बिरामी समेत हुने गरेका छन् ।

चिसोमा धेरै मानिसलाई रुघाखोकी सँगै विभिन्न स्वास्थ्य समस्याले सताउँछ । यो मौसममा विशेषगरी साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । यस्तोमा चिसोबाट बच्न विभिन्न सावधानी अपनाउन आवश्यक हुन्छ ।

यस्तो छ चिसोबाट बच्न अपनाउनु पर्ने उपायहरु :
– चिसोबाट बच्न धेरै भन्दा धेरै शरीरलाई ऊर्जा दिने खानेकुरा सेवन गर्नु पर्छ ।
– यो मौसममा दूध र दूधजन्य पदार्थ लगायत प्रोटिनयुक्त खानेकुरा खानु लाभदायी हुन्छ ।
– जाडोमा चिया, दाल र तरकारी समेत अदुवाको हालेर सेवन गरे उत्तम हुन्छ ।
– यो मौसममा शरीरलाई सधै न्यानो बनाएर राख्नु पर्दछ ।
– चिसोमा बाहिर हिँड्दा बाक्लो कपडा लगाउनु पर्छ ।
– सवारीसाधन चलाउँदा हावा भित्र नछिर्ने ऊनीको बाक्लो स्वेटर वा ज्याकेट लगाउनु पर्छ ।
– दैनिक समय मिलेसम्म एकपटक घाममा बस्दा शरीरले राम्ररी भिटामिन डि पाउँछ ।
– बढी जाडो भएमा शरीरमा तोरी, जैतुन र तिलको तेलले मालिस गर्न सकिन्छ ।
– महमा प्रशस्त आइरन पाइने भएकाले चिसोमा यसको सेवन गर्नु उत्तम मानिन्छ ।
– महलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि समेत महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ७ : २४ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै