प्रदेश योजना आयोगद्वारा १० विद्यार्थीलाई शोधवृत्ति « Khabarhub

प्रदेश योजना आयोगद्वारा १० विद्यार्थीलाई शोधवृत्ति


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेश योजना आयोगले १० जना विद्यार्थीलाई एक–एक लाख रुपैयाँको शोधवृत्ति प्रदान गरेको छ ।

गत वर्षदेखि प्रदान गर्न थालेको शोधवृत्ति यसवर्ष कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका मनोज बस्नेत र सन्दिप अर्याल, अमृत साइन्स क्याम्पसका नमुना पौडेल, अजयकुमार बजगाईं र निरा चण्डी, त्रिभुवन विश्वविद्यालय एक्वा कल्चर विभागका गणेश बेल्बासेलाई दिइएको हो ।

त्यस्तै, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानकी बाला शर्मा, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रशन्न घिमिरे, नेपाल खुला विश्व विद्यालयका खिमानन्द भण्डारी र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुनिता खरेलले शोधवृत्ति प्राप्त गरेका छन् । प्रदेशभित्रका आर्थिक, सामाजिक लगायत २९ वटा विषयमा शोध गर्न मिल्ने गरी आयोगले प्रस्ताव आह्वान गरे अनुसार छनोट भएका उत्कृष्ट १० जनालाई शोधवृत्ति प्रदान गरेको हो ।

आयोगले आह्वान गरेको प्रस्ताव अनुसार विभिन्न विश्वविद्यालयका ३१ वटा प्रस्तावमा प्रतिस्पर्धा भएको थियो । आयोगमा आएका शोध प्रस्तावको मूल्यांकन गर्न ५ सदस्यीय विज्ञ समूह गठन भएको र उत्कृष्ट १० जनालाई छनोट गरिएको प्रदेश योजना आयोगका सदस्य डा.दामोदर भुसालले बताए ।

योजना आयोगको यो कार्यक्रमले विश्वविद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहन हुनुका साथै प्रदेशका संभावनाको खोजी, योजना, कार्यक्रम र बजेट निर्माणमा टेवा पुग्ने आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले बताए ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  १० : ५९ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी भारत भ्रमणमा

नयाँ दिल्ली- क्यानडाका प्रधानमन्त्री मार्क कार्नी भारत भ्रमणका लागि शुक्रबार

सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछ : गृहमन्त्री अर्याल

चन्द्रपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारले निष्पक्ष र भयरहित

चितवनबाट तनहुँ पुगेका रविलाई मुख्य सडकमै कालोझण्डा

तनहुँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा

कालीकोटमा निर्वाचन अवधिमा ड्रोन उडाउन प्रतिबन्ध

मान्म– कालिकोटमा ‘रिमोटली प्वाइन्टेट एयरक्राप्ट’ (आरपीए) र ‘ड्रोन क्यामेरा’ उडाउन

निष्पक्ष निर्वाचनका लागि नागरिक अगुवाहरूको अपिल

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष बनाउन नागरिक अगुवाहरूको समूहले अपिल