खोप अभियायानका लागि माघ १६ देखि चार दिन विद्यालय खोल्ने निर्णय « Khabarhub

खोप अभियायानका लागि माघ १६ देखि चार दिन विद्यालय खोल्ने निर्णय


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले खोप अभियानलाई प्रभावकारी बनाउन मघ १६ गतेदेखि चार दिनसम्म विद्यालय खोल्ने निर्णय गरेको छ । कोरोनाको तेस्रो लहरको संक्रमण फैलिएप िछ बन्द भएका विद्यालय खोप अभियानका लागि खोल्ने निर्णय सरकारले गरेको हो ।

मंगलबार गृह मन्त्रालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) बैठकले खोप अभियानका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरेको हो । चार दिनमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोभिड १९ विरुद्ध खोप लगाइनेछ । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको सीसीएमसीसी) बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका आइजिपी शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालगायत उपस्थित थिए।

नेपालमा मंगलबार मात्र १० हजार बढीमा संक्रमण पुष्टि भएको छ । यो संक्रमण अहिलेसम्मकै उच्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ५ : २३ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग