लमजुङमा ७५ प्रतिशत निजी घर पुनर्निर्माण « Khabarhub

लमजुङमा ७५ प्रतिशत निजी घर पुनर्निर्माण


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा ०७२ को भूकम्पले क्षतिग्रस्तमध्ये ७५ प्रतिशत निजी घरको पुनर्निर्माण सम्पन्न भएको छ । साढे १० हजार निजी घर पुनर्निर्माण भएका हुन् ।

सहरी विकास तथा भवन निर्माण विभाग जिल्ला कार्यान्वयन इकाइ (भवन र आवास) का अनुसार १५ हजार ५ सय ७७ लाभग्राहीमध्ये १० हजार ४ सय ४४ जनाले आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको अनुदान रकम लिइसकेका छन् ।

जिल्लामा १५ हजार ५ सय ७७ निजी घर पूर्ण क्षति र ८ सय ९४ प्रवलीकरण लाभग्राही सूची थिए । १४ हजार ६ सय २७ लाभग्राहीले पहिलो किस्ता बापतको रकम लिएका छन् भने १२ हजार ४४ लाभग्राहीले दोस्रो किस्ता बुझिसकेका छन् ।

४ हजार १ सय ४३ घर निर्माणाधीन छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा दुधपोखरी गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो ।

भूकम्पपछिको पुनर्निर्माणको लाभग्राही सूचीमा सूचीकृत भएका २४ जनाले अनुदान रकम फिर्ता गरेका छन् । भूकम्पले घर भत्किएर पुनर्निर्माणका लागि अनुदान रकम लिएकाले घर निर्माण नगरेपछि रकम फिर्ता गरेका हुन् ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ८ : ५० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग