विद्युत आपूर्ति अनियमित हुँदा अनलाइन कक्षा प्रभावित « Khabarhub

विद्युत आपूर्ति अनियमित हुँदा अनलाइन कक्षा प्रभावित


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि लमजुङमा स्मार्ट लकडाउन लागू गरिएको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै स्थानीय प्रशासनले स्मार्ट लकडाउन जारी गरेको हो । प्रशासनले सम्पूर्ण शिक्षण संस्थाहरू पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएसँगै यतिखेर जिल्लाका सामुदायिक तथा सस्थागत विद्यालयहरु बन्द छन् ।

जसका कारण अहिले सबै विद्यालयहरूले विद्यार्थीहरूको शिक्षण सिकाइलाई नियमित बनाउनका लागि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् । तर, विद्युत् नियमित नहुँदा पढाइ भने प्रभावित बनेको विद्यार्थीहरूले बताएका छन् ।

विद्यालयहरूले कक्षा सञ्चालन गर्दै आएको समय बिहान तथा दिउँसोको समयमै विद्युत् आपूर्ति बन्द हुँदा अनलाइन कक्षा प्रभावित बनेको हो । लमजुङमा विगत एक सातायता जीर्ण भएका विद्युतीय संरचना मर्मत तथा अपग्रेडिङ कार्यका लागि भन्दै नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले नै विद्युत् आपूर्ति बन्द गर्दै आएको छ ।

केन्द्रले पूर्व जानकारी दिएर नै विद्युत आपूर्ति बन्द गरे पनि यसको प्रत्यक्षमा शिक्षण संस्था तथा विद्यार्थीहरू परेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याव्सन लमजुङका सचिव विमल अधिकारीले बताए ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १ : ०० बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार