रहिनन् २९ वटा डमरुकी आमा ‘कलरवाली’ | Khabarhub Khabarhub

रहिनन् २९ वटा डमरुकी आमा ‘कलरवाली’


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– संसारको सबैभन्दा धेरैपटक तस्वीर खिचिएको बघिनीको रूपमा चर्चित कलरवालीको मृत्यु भएको छ ।

भारतको मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भको १७ वर्षको उमेरमा यो बघिनीको प्राकृतिक कारणले मृत्यु भएको हो । यो बघिनीले आफ्नो जीवनकालमा २९ वटा डमरुलाई जन्म दिएकी थिई । बाघको संख्या वृद्धिमा ठूलो योगदान पुर्‍याएकी यो बघिनीलाई ‘सुपर मम’को घोषणा गरिएको थियो ।

सन् २००८ देखि २०१८ सम्म यो बघिनीले ८ पटकमा २९ वटा डमरुलाई जन्म दिएको पेन्च टाइगर रिजर्भका पदाधिकारीले जनाएका छन् । शनिबार मृत्यु भएको यो बघिनीलाई अन्तिम श्रद्धाञ्जली दिन सयौंको संख्यामा मानिसहरु उपस्थित भएका थिए ।

मुख्यमन्त्रीद्धारा श्रद्धाञ्जली अर्पण
मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले समेत कलरवालीको निधनमा श्रद्धाञ्जली दिएका छन् । उनले बाघको निधनप्रति श्रद्धाञ्जली अपर्ण गर्दै कलरवाली बघिनीले बाघको संख्या बढाउनमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।

बघिनी अन्तिमपटक जनवरी १४ मा देखिएकी थिई । टाइगर रिजर्भले बघिनीको मृत्यु शनिबार साँझ ६ः१५ मा रहेको जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १२ : २३ बजे

जसपा केन्द्रीय समिति बैठक : अध्यक्षको प्रतिवेदनमाथि छलफल

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक

कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

काठमाडौं – कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले सङ्घीय मामिला तथा

जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

काठमाडौं – नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा

एन्फा प्रेसिडेन्ट लिग : चित्लाङको विजयी सुरुवात

काठमाडौं – एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ बुधबार सुरु भएको

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, बाँकी सदस्यले धारणा राख्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।