जनस्वास्थ्यको मापदण्ड पालना गरेर विद्यालय खोल्न अनुमति | Khabarhub Khabarhub

जनस्वास्थ्यको मापदण्ड पालना गरेर विद्यालय खोल्न अनुमति


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीका स्थानीय सरकारले पूर्ण जिम्मेवारी लिएर सुरक्षित वातावरणमा पठनपाठन गराउन सके विद्यालय बन्द गर्न जरुरी नभएको निष्कर्ष निकालेका छन् । जिल्लाका सिमाना नजिकका पालिकाहरू सम्सी, जलेश्वर, मट्टीहानीजस्ता पालिकाहरूमा जोखिमका हिसाबले संवेदनशील भए पनि अन्य पालिकामा त्यति धेरै जोखिम नभएको स्थानीय सरकारहरूको दाबी छ ।

स्वास्थ्य मन्त्रालयवाट १५ माघसम्म पठनपाठन बन्द गर्नै पर्ने निर्देशन जारी भए पनि जिल्लाका कतिपय पालिकाहरूले त्यसलाई टेरेका छैनन् । गौशला नगरपालिकाले त कुनै पनि सिक्षण संस्था बन्द नगरी पठनपाठनलाई जारी राख्न निर्देशन दिइसकेको छ ।

‘भने जति पाठयक्रम पनि नसकिएको र पटक–पटक बन्दले बालबालिकाको भविष्यमा नै प्रश्न चिन्ह खडा भइरहेकाले विद्यालय पठनपाठन सुचारु राख्ने निर्णय गरेका हौँ,’ नगरपालिकाका नगरप्रमुख सिवनाथ महतोले भने ।

यता बर्दिबास नगरपालिकाले पनि कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्यको मापदण्ड पालना गरेर पठनपाठन सुचारु गर्न सक्ने निजी तथा सामुदायिक विध्यालयलाइ सल्लाह दिएको छ ।

‘कतिपय ठाउँमा अझै विद्यालय सञ्चालन भइरहेको जानकारी आएको छ । तर, हामीले किन खोलिरहनुभएको भनेर सोधेका छैनौँ । उहाँहरूले जोखिमलाई ध्यानमा राखी सोहीअनुसार पठनपाठन गराउन सक्नुहुन्छ,’ नगरप्रमुख बिदुर कार्कीले भने ।

सम्सी, सोनामा, मट्टीहानी, बल्वा, महोत्तरी, जलेश्वर, एकडारा, मनरासिस्वा, लोहारपट्टीजस्ता पालिकाका कतिपय ठाउँमा अहिले पनि पठनपाठन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

विद्यालयमा नै पुगेर जिल्लाको सबै पालिकामा करिब ८३ प्रतिशत विद्यार्थीमा खोप लगाइसकिएको हुनाले पनि त्यति धेरै जोखिम नभएको शिक्षकहरूले दावी गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  २ : ३० बजे

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्