एपीएफ क्लबलाई प्रधानमन्त्री कपको उपाधि | Khabarhub Khabarhub

एपीएफ क्लबलाई प्रधानमन्त्री कपको उपाधि


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा बुधबार टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १५८ रनको विजय लक्ष्य पछ्याउने क्रममा पुलिस निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमा समेटिएको थियो ।

दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे पनि पुलिसले फाइनलसम्म आफ्नो अपराजित यात्रा कायम राख्न सकेन । पुलिसका लागि दीपेन्द्रले सर्वाधिक ६५ रन बनाए । यस्तै दिलीप नाथले २३ बनाउँदा अनिल शाह १० रन र आरिफ शेख १२ बनाए ।

एपीएफका किशोर महत्तोले सर्वाधिक तीन विकेट लिए । उस्तै अविनास बोहरा, अमर रौटेला र दिपक बोहाराले समान १ विकेट लिए ।

यसअघि एपीएफले निर्धारित २० ओभरमा एक बल बाँकी रहदा सबै विकेट विकेट गुमाएर १५८ रनको योगफल तयार पार्‍यो ।

एपीएपका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ रनको योगदान गरे । यस्तै लोकेश बमले २७ रन बनाउँदा सन्दीप जोराले २४, भुवन कार्कीले २७ रनको योगदान गरे ।

पुलिसको वलिङमा दिपेन्द्र सिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । यस्तै, गुलसन झाले दुई विकेट लिए भने, योगेन्द्र सिंह कार्की र आरिफ शेखले एक एक विकेट लिए ।

दुवै टोलीले यसअघिका सबै खेलमा अपराजित रँहदै फाइनल यात्रा तय गरेका थिए । १६ पुसदेखि सुरु भएको प्रतियोगितामा समुह‘ए’ र ‘बी’मा तीन विभागीय र सात प्रदेश गरेर १० टोलीको सहभागिता थियो ।

प्रतियोगिताको विजेता टोली एपीएफले पाँच लाख र उपविजेता पुलिसले तीन लाख प्राप्त गर्या ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  २ : ४२ बजे

विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी

वाशिङ्टन – अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसाका लागि अन्तरवार्ता लिने भएको

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौं– आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा

लोपोन्मुख ‘रेड पान्डा’ संरक्षण गर्न क्यामेरा जडान

भोजपुर- भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस

झोलुङ्गे पुल बनेपछि आवतजावतमा सहज

दाङ– दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने