मुख्यमन्त्रीहरुसँग एकैपटक छलफल गर्न मिल्ने ‘एक्सन रुम’ को प्रधानमन्त्रीद्वारा शुरुवात « Khabarhub

मुख्यमन्त्रीहरुसँग एकैपटक छलफल गर्न मिल्ने ‘एक्सन रुम’ को प्रधानमन्त्रीद्वारा शुरुवात


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलली ‘एक्सन रुम’ को शुरुवात गरेका छन् ।

सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग र राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था हेर्न मिल्ने गरि भिडियो कन्फरेन्स रुमको शुरुवात गरिएको हो । एकै पटक भिडियोबाट छलफल (भिडियो कन्फरेन्स) गर्न मिल्ने व्यवस्थासहितको एक्सन रुमको शुरुवात भएको हो ।

उक्त कक्षबाट एकैपटक छलफल, राष्टिय गौरवका आयोजनाहरुको प्रधानमन्त्रीद्वारा प्रत्यक्ष अनुगमन लगायतका कामलाई सार्थकता दिन सकिने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले ११ वटा राष्ट्रिय गौरवका आयोजनाको काम आफ्नै कार्यालयमा बसेर लाइभ हेर्नेछन् भने सातवटै मुख्यमन्त्रीसँग एकैपटक प्रत्यक्ष छलफल गर्ने छन् ।

यो कक्ष प्रधानमन्त्री कार्यालयमा रहने छ ।

करीब साढे ४ करोड लागतमा निर्माण गर्ने ठेक्का पाएको कम्पनी शास्त्र नेटवर्क सोलुसन्स इङ्क प्रालीले यसको निर्माण गरेको हो ।

प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रत्यक्ष अवलोकन गरेर समस्या पहिल्याउने र आवश्यक निर्देशन दिनेछन् । यसका लागि प्रधानमन्त्री कार्यालयमा रहेको सूचना प्रविधि शाखाले ११ वटा राष्ट्रिय गौरवका आयोजनास्थल पुगेर क्यामेरा जडान गरेको छ ।

यसका साथै प्रधानमन्त्रीले कुनै विषयवस्तु मा ७ वटै प्रदेशका मुख्य मन्त्री वा चाहेको मुख्यमन्त्रीसँग प्रत्यक्ष कुराकानी गर्न सक्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री कार्यालयको एक्सन रुममा तीनवटा मोनिटरमा सातवटै प्रदेशका मुख्यमन्त्री एकसाथ देखिनेछन् जहाँ मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग सीधा संवाद गर्न सक्नेछन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ३ : ४१ बजे

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा