तीन दिन देशभरको मौसम नखुल्ने : पानी र हिउँले चिसो बढ्ने « Khabarhub

तीन दिन देशभरको मौसम नखुल्ने : पानी र हिउँले चिसो बढ्ने


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अबको तनि दिन देशभरकै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन्। तीन दिन पानी र हिउँ परेर चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले अबको तीन दिन मौसम चिसो हुनेछ ।

तीन दिन दिउँसो मौसम पूर्ण रुपमा नखुल्दा चिसो बढ्नेछ। मौसम नखुले पनि लगातार झरीको सम्भावना भने नरहेको मौसमविद् पौडेलको भनाइ छ।

यही प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै देशभरको पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। तराईमा भने हुस्सु लागेको छ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली भएर पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ। यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली भएर प्रदेश १, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ७ : ३० बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा