सत्ता गठबन्धनको नयाँ अस्त्र : स्थानीय तह अगाडि संघीय संसद्को निर्वाचन | Khabarhub Khabarhub

सत्ता गठबन्धनको नयाँ अस्त्र : स्थानीय तह अगाडि संघीय संसद्को निर्वाचन


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको मिति तोक्न ताकेदा गर्दै गर्दा सत्ता गठबन्धनले भने स्थानीय तह भन्दा अगाडि संघीय संसदको निर्वाचन गर्ने विषयमा छलफल सुरु गरेको छ ।

यसअघि निर्वाचन आयोगको प्रस्ताव अनुसार वैशाखामा स्थानीय तहको निर्वाचन गर्न सहमत सत्ता गठबन्धनका तीन दलले सुरुमा संघीय संसदको निर्वाचन गर्न प्रस्ताव अगाडि सारेका हुन् । सत्ता गठबन्धनका प्रमुख हिस्सेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले यस्तो प्रस्ताव गरेका हुन् ।

सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेस मौन भए पनि यो विषय योजनावद्ध रुपमा सार्वजनिक भएको आरोप प्रतिपक्षी दलले लगाएको छ । यो विषयमा बिहीबार दिउँसो बस्ने सरकार सञ्चालन समन्वय संयन्त्रको बैठकमा थप छलफल हुनेछ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमनत्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन तयारीका विषयमा छलफल भएको बताए पनि बैठकमा प्रचण्डले त्यसअिघ संघीय संसदको चुनाव गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रचण्डको प्रस्तावमा के छ ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधको निकास संसदीय चुनाव भएको भन्दै यो प्रस्ताव अगाडि सारेका हुन् । प्रचण्डले बैठकमा वैशाखमा हुने स्थानीय तहको चुनाव सारेर संघ र प्रदेशको चुनाव गर्ने प्रस्ताव गरेको उनको सचिवाले जनाएको छ ।

प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘प्रतिपक्षी दलको अवरोध रोक्न आगामी वैशाखामा संघ र प्रदेशको निर्वाचन गरेर स्थानीय तहको निर्वाचन सारौँ भन्ने प्रस्ताव उहाँले सत्ता गठबन्धनको बैठकमा राख्नु भएको छ ।’

संसदमा जारी एमालेको अवरोध रोक्नका निम्ति नयाँ संसद ल्याएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको हो । प्रचण्डले सुरुमा संसदबाट निर्वाचनबारेको प्रस्ताव पारित गर्ने र त्यसलाई बहुमतले पारित गरेर अगाडि बढ्नुपर्ने विकल्पसमेत दिएका छन् ।

एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत वर्ष पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेपछि विरोध गर्दै पार्टी विघटनसम्म पुगेका प्रचण्डले अहिले आएर अगाडि नै निर्वाचनको प्रस्ताव गरेका हुन् ।

संसदको कारवाहीलाई अगाडि बढाउन यस्तो प्रस्ताव अगाडि सारेको प्रचण्डको तर्क छ । प्रतिनिधिसभातर्फ १६५ र प्रदेश सभामा ५५० जना सांसद प्रत्यक्षबाट निर्वाचित हुनेछन्। वैशाख वा जेठमा संसदीय निर्वाचन र कात्तिक मङ्सिरमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रचण्डको भनाइ छ । उता प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचन टार्ने बाटोमा सत्ता गठबन्धन अगाडि बढेको आरोप लगाएको छ ।

स्थानीय तह निर्वाचनको संवैधानिक प्रावधान

नेपालको संविधानले कार्यकाल समाप्त भएको ६ महिनाभित्र गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गरेको छ । संविधानको धारा २२५ ले गाउँ सभा तथा नगर सभाको कार्यकालको व्यवस्था गरेको हो ।

निर्वाचन भएको मितिले गाउँ सभा र नगर सभाको कार्यकाल पाँच वर्षको हुने कुरा संविधानमा प्रष्ट उल्लेख छ । यसअघि पहिलो पटक २०७४ वैशाख ३१ गते स्थानीय तहका पदाधिकारीको निर्वाचन सम्पन्न भएको थियो । संविधान अनुसार स्थानीय तहका पदाधिकारीको कार्यकाल आगामी वैशाखमा सकिँदै छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ८ : २२ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज