बढेको इन्धनको मूल्य फिर्ता गर्न नेविसंघको माग « Khabarhub

बढेको इन्धनको मूल्य फिर्ता गर्न नेविसंघको माग


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कामाडौं – सत्तारूढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले इन्धनको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

सरकारको नेतृत्वकर्ता काँग्रेसको विद्यार्थी संगठनले बुधबार राति बढेको इन्धनको मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको हो ।

नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति सार्वजनिक गर्दै महामारीको समयमा नेपाल आयल निगमले गरेको इन्धनको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् ।

अत्यावश्यकीय वस्तुको पटकपटक गरिएको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्दै विज्ञप्तिमा आक्रोश व्यक्त गरिएको छ । विज्ञप्तिमा मूल्य वृद्धि जनविरोधी भएको भन्दै भत्र्सनासमेत गरिएको छ ।

महामन्त्री तिमल्सिनाले निगमले संकटको समयमा प्रयोग गर्न मिल्ने मूल्य स्थिरीकरण कोषमा सञ्चित रकम उपयोग नगरेको भन्दै आपत्ति जनाएका छन् । महामारीमा उपभोक्तालाई सर्वसुलभ सेवा दिनुको साटो थप पीडा दिने गरी बढेको मूल्य फिर्ता गर्न माग विज्ञप्तिमा गरिएको छ ।

बुधबार राति निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ र डिजेल तथा मट्टीतेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरेर १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि भएको छ भने एलपी ग्यासको मूल्य यथावत छ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १० : २१ बजे

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका

फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को

फकल्यान्डमा बेलायतको अडान कायमै

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी