टी–ट्वान्टी विश्वकप छनोटका लागि सन्दीपको कप्तानीमा टोली घोषणा « Khabarhub

टी–ट्वान्टी विश्वकप छनोटका लागि सन्दीपको कप्तानीमा टोली घोषणा


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन्दीप लामिछानेको कप्तानीमा टी–ट्वान्टी विश्वकपको छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ ।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले १६ सदस्यीय टोलीको घोषणा गरेको हो । टिममा जितेन्द्र मुखिया पुनरागमन गरेका छन् भने चर्चित अनुहार विनोद भण्डारी र सोमपाल कामी आउट भएका छन् ।

सन्दीप नेतृत्वको राष्ट्रिय टोलीमा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक समेटिएका छन् ।

विश्वकप छनोट अन्तर्गत ग्लोबल छनोट ओमानमा हुँदैछ । समूह ‘ए’मा रहेका नेपाल, फिलिपिन्स, यूएई, बहराईन, आयरल्याण्ड, जर्मनी र आयोजक ओमानमध्ये शीर्ष दुई टोली छनोट हुनेछन् । शीर्ष दुई टोली अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन् ।

सन्दीप नेतृत्वको टिममा कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र कुमार मुखिया रहेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १० : ३७ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर