पिएम कपः दीपेन्द्र र अमित चम्किदा पुलिसको लगातार दोस्रो जीत « Khabarhub

पिएम कपः दीपेन्द्र र अमित चम्किदा पुलिसको लगातार दोस्रो जीत


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङको मद्दतमा नेपाल पुलिस क्लबले प्रदेश–१ लाई ७५ रनले पराजित गरेको छ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश-१ लाई पराजित गरेको पुलिस सेमिफाइनल नजिक पुगेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा प्रदेश-१, ३८ ओभर ३ बलमा सबै विकेट गुमाएर ११० रनमा समेटियो ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले १८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रदेश-१ का लागि सन्नी पुनले २७, मनिस थापाले १९ र दिपेश कँडेलले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक बनाउन सकेनन् ।

प्रदेश-१ विरुद्ध राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ५ विकेट लिए । उनले १० ओभर पूरा बलिङ गर्दै ४ मेडन ओभरसहित २६ रन खर्चेर ५ विकेट लिएका हुन् । यस्तै, ललितनारायण राजवंशीले ३ विकेट लिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसका लागि अमित श्रेष्ठले उत्कृष्ट ब्याटिङ गर्दै १०६ रन बनाए । उनले ११८ बलमा १५ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् ।

पुलिसविरुद्ध कमल खत्री, पुष्प थापा, दीपेश कँडेल र सिद्धान्त लोहनीले समान २-२ विकेट लिए । जीतसँगै पुलिसले २ खेलबाट ४ अंक जोडेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ४ : ५५ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र