नक्कली नोटसहित चितवनबाट दुई जना पक्राउ « Khabarhub

नक्कली नोटसहित चितवनबाट दुई जना पक्राउ


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं ३ बस्ने खैरहनी नगरपालिका वडा नं ३ स्थायी घर भएकी २५ वर्षीया पवित्रा घताने र राप्ती–७ का २७ वर्षीय गगनलाल तामाङ रहेका छन् ।

भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका हुन् । घतानीबाट १० थान रु एक हजारका नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ ।

पक्राउ परेकाबाट नक्कली रु एक हजार रुपैयाँका १० थान नोट, एक-एक थान मोबाइल र ल्यापटप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निजहरुका साथबाट गगनबहादुर तामाङ नामको सैर्य दैनिकको प्रेस कार्डसमेत फेला परेको छ । पत्रिकाले भने निज आफ्नो कार्मचारी नभएको जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ६ : ३५ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्