सोमबारसम्म मौसम पूर्ण रुपमा नखुल्ने | Khabarhub Khabarhub

सोमबारसम्म मौसम पूर्ण रुपमा नखुल्ने


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो सोमबारसम्म नै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । बिहीबार र बुधबार मौसम बदली गराएको प्रणाली शुक्रबार रातिदेखि हट्ने भए पनि शनिबार फेरि अर्को प्रणाली नेपाल प्रवेश गर्न लागेको छ ।

सोही प्रणालीले मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आउँदो सोमबारसम्म नै घाम लाग्दै बादल लाग्ने देखिएको छ।

देशका थोरै ठाउँमा भने वर्षा र हिमपात हुने सम्भावना रहेको छ । तर ठूलो वर्षा वा झरीको सम्भावना भने नरहेको उनको भनाइ छ । यसैबीच दिउँसो मौसम बदली भएसँगै देशभर अधिकतम तापक्रम पनि घटेर चिसो बढेको छ । देशका विभिन्न ठाउँमा ९ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्ती अधिकतम तापक्रम १५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको बिहीबारको तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

बिहीबार जोमसोमको अधिकतम तापक्रम ८ डिग्री सेल्सियस, जुम्लाको तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस, जिरीको ९ दशमलव ९ डिग्री सेल्सियस लुम्लेको १० डिग्री सेल्सियस, ओखलढुङ्गाको १३ डिग्री सेल्सियस तथा काठमाडौंको अधिकतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ ।

चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । अझै केही दिन मौसम पूर्ण रुपमा नखुल्ने भएकाले चिसो अझै बढ्ने देखिएको छ । मौसमविद् शान्ति कँडेलले यात्रा गर्दा सतर्कता अपनाउन र स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गरेकी छन् । चिसो बढेपछि सहरी क्षेत्रका चोकचोकमा आगो तापेको देखिन्छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ८ : ०१ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना