सार्वजनिक सेवा लिन आजदेखि खोप कार्ड अनिवार्य « Khabarhub

सार्वजनिक सेवा लिन आजदेखि खोप कार्ड अनिवार्य

मोबाइलबाटै देखाउन सकिने


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सार्वजनिक सेवा लिन र हिँडडुल गर्दा आजदेखि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य बोक्नुपर्ने भएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले शुक्रबारदेखि सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो ।

गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार शुक्रबारदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको थियो ।

जसअनुसार कुनै पनि सेवा लिन जाँदा व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्नेछ । कार्ड नै नबोकेर मोबाइलबाट खोप कार्डको फोटो देखाएर पनि सेवा लिन सकिनेछ ।

नेपालमा दैनिक कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउँदै गएपछि सरकारले स्वास्थ्य मापदण्ड र खोपलाई प्राथमिकता दिएको छ । बिहीबार मात्र नेपालमा १२ हजार बढीमा संक्रमण पुष्टि भएको छ ।

देशभरका संक्रमितमध्ये आधा काठमाडौं उपत्यकामा छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार नाघेको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ८ : ३९ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त