आज पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने « Khabarhub

आज पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने


१६ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आज देशभरको मौसममा सामान्य बदली रहनेछ । जल तथा मौसम पूर्वानुमानशाखाका अनुसार पूर्व, मध्य र पश्चिच क्षेत्रका पहाडी भूभागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । महाशाखाले ३ दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज मेघ गर्जनसहितको वर्षा हुने जानकारी दिएको हो ।

हिजो (बुधबार) एक्कासी आएको पानीले काठमाडौं उपत्यकाका सडकमा एकएक पानी भरिएको थियो ।

यस्तो छ ३ दिनको मौसमबारे पूर्वानुमान

जेठ १६ गते (बिहीबार):

दिउँसो: देशका पूर्वी भु-भागमा आंशिक देखि सामान्य बदलि, मध्य भु-भाग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भु-भागका केहि स्थानहरुमा र मध्य तथा पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भु-भाग लगायत मध्य र पश्चिमि पहाडी भू-भागमा सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भु-भागका केहि स्थानहरुका साथै मध्य तथा पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ १७ गते (शुक्रबार):

दिउँसो: देशका पूर्वी तथा मध्य भागहरुमा आंशिक देखि सामान्य बदलि, पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भु-भाग लगायत मध्य तथा पश्चिमि पहाडी भू-भागमाहरुमा आंशिक देखि सामान्य बदलि, मध्य तराईका भु-भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमि पहाडी भागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ १८ गते (शनिबार):

दिउँसो: देशका पूर्वी तथा मध्य भू-भागहरुमा सामान्य बदलि रही बाँकिभू-भागहरुमा आंशिक बदलि रहने रहनेछ । पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भु-भाग लगायत मध्य तथा पश्चिमि पहाडी भू-भागमाहरुमा आंशिकदेखि सामान्य बदलि, बाँकी भूभागमा आंशिक वदली रहने छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमि पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  ७ : २४ बजे

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक