हिमपात : जनजीवन कष्टकर, पर्यटकलाई रमाइलो « Khabarhub

हिमपात : जनजीवन कष्टकर, पर्यटकलाई रमाइलो


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे क्षेत्रमा हिउँले ढाकेर सेताम्यै बनेको छ । बिहीबार दिउँसोदेखि परेको पानीसँगै हिमपात हुँदा यस क्षेत्र हिउँले ढाकेको छ ।

पूर्वी नेपालमा पर्यटकीय गन्तव्यको रुपमा परिचित तिनजुरे क्षेत्रमा तेस्रो पटक हिउँ परेको हो । हिउँ परेसँगै अत्यधिक जाडोका कारण यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

विशेषगरी बालबालिका र वृद्धवृद्धाहरूलाई समस्या भएको स्थानीयहरूले बताउने गरेका छन । हिउँ परेसँगै आन्तरिक पर्यटकहरू भित्रिने क्रम बाक्लो रहेको देउरालीका छिरीङ शेर्पाले बताए ।

‘यहाँका नागरिकहरूलाई जाडोले समस्या भएको छ । तर, हिउँ खेल्नका लागि पूर्वी तराईका जिल्लाहरूबाट पर्यटकहरू निकै बाक्लो आउने गरेका छन्,’ उनी भन्छन् ।

सुनसरीको धरानदेखि तिनजुरेमा हिउँ खेल्न आएको शंकर राईले बताए । ‘जीवनको पहिलो अनुभव हिउँमा खेल्न पाउँदा एकदमै रमाईलो भएको छ । यसअघि आउन सकेको थिइँन । यसपटक भने हिउँ सँगै रमाउन पाएको छु,’ उनले भने ।

यसक्षेत्र खासगरी हिउँ पर्ने सिजन तथा गुराँस फुल्ने सिजनमा पर्यटक आउने गरेका छन् । चित्रे, बसन्तपुर, टुटे देउराली, आरआर गार्डेन, पाथीभारा तिनजुरे, पाँचपोखरी, मंगलबारे, चौकी गुफापोखरीलगायतका स्थानहरू हिउँले ढाकेको टुटे देउरालीका होटल व्यवसायी श्री कार्कीले बताए ।

उनका अनुसार हिउँ परेसँगै पर्यटकहरू साना तथा ठुला सवारी साधान रिजर्भ गरी आउन थालेका छन् । पर्यटकहरू भित्रिन थालेसँगै यहाँका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।

विगतका वर्षहरूको तुलनामा यस वर्ष कोरोनाका कारण कमै पर्यटकहरू आएका छन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ३ : ४९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना