श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने « Khabarhub

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । जनकपुरले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आज परेरालाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।

जनकपुरले सामाजिक सञ्जालमा परेरालाई स्वागत गर्दै लेखेको छ, ‘निर्भीक शैलीमा ब्याटिङ गर्ने र महत्वपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी कुशल परेरा एनपीएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन् ।

परेराले यसअघि इण्डियन प्रिमियर लिग (आईपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) सहित विभिन्न सात फ्रेन्चाइज लिग खेलिसकेका छन् । एनपीएल उनका लागि आठौँ लिग हुनेछ ।

श्रीलङ्काको राष्ट्रिय टोलीबाट तीनवटै प्रारूपमा खेलेका परेराले टेष्ट क्रिकेटमा २२ खेलबाट एक हजार १७७, एकदिवसीय अन्तर्राष्ट्रियमा ११६ खेलबाट तीन हजार २३७ तथा टी–२० अन्तरराष्ट्रियमा ९५ खेलबाट दुई हजार ३३५ रन बनाएका छन् ।

जनकपुरले परेरासहित इङ्ग्ल्याण्डका मोइन अली, न्युजिल्यान्डका जिमी नीशम, पाकिस्तानका इफ्तिखार अहमद, अमरिकाका हरमित सिंहलगायतलाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ । एनपीएलको तेस्रो संस्करण आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ११ : ०८ बजे

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइँदै

रसुवा– नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका

तीन वर्षमा आठ प्रमुख शहरमा क्रिकेट रंगशाला निर्माण हुन्छ : मन्त्री लम्साल

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मुलुकका आठ

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका