पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न माग गर्दै नेविसंघको प्रदर्शन « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न माग गर्दै नेविसंघको प्रदर्शन


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

नेविसंघले शुक्रबार काठमाडौँको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका क्षेत्रमा पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो । मूल्य वृद्धिसँगै विद्यार्थी मारमा परेको भन्दै मूल्य वृद्धिको विरोधमा नेविसंघले हस्ताक्षरसमेत संकलन गरेको छ ।

कोरोना संकटमा सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर विद्यार्थीलाई मारमा पारेको भन्दै सरकारलाई बुझाउनका लागि हस्ताक्षर संकलन गरिएको नेविसंघ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष आदर्श मल्लले बताए । विद्यार्थीले मूल्यवृद्धि खारेज गर्ने नेविसंघको अभियानमा साथ दिन आह्वान गर्दै ‘मूल्य वृद्धि खारेज गर’ लेखिएको मास्कसमेत सर्वसाधारणलाई वितरण गरेका थिए ।

नेपाल आयल निगमले गत बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि तीन रुपैयाँ मूल्य बढाएको छ । यसले अन्य दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १० : १६ बजे

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म