काठमाडौँ– बच्चा हेर्ने काम बाहेक मराम खालीफाका दिन आफ्नो श्रीमानका घरमा अभ्यस्त हुनुमै बित्ने गरेका छन् ।
खालीफाका श्रीमान् मानव अधिकारवादी अधिवक्ता हेजाज हिज्बुल्लाह सामाजिक सद्भाव बिथोलेको आरोपमा २० महिनादेखि जेलमा छन् । युवा मुस्लिमलाई क्रिस्चीयन समुदायको विरुद्धमा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनलाई जेल चलान गरिएको हो ।
२०२१ को अप्रिलमा यो अभियोगको सामना गरेका अल्पसङ्ख्यक मुस्लिम समुदायका उनले यस अगाडी नै एक वर्ष जेल जीवन बिताइ सकेका छन् । यसै महिनाको अन्त्यमा उनको अर्को मुद्दाको सुनवाइ हुनेछ । “उनले मुस्लिम समुदायको हक हित र अधिकारका लागि अभिव्यक्ति दिएका हुन् । ”खालीफाले आफ्ना श्रीमान् माथि लागेको अभियोगको मतलब मानव अधिकारको पक्षमा र भेदभावको विपक्षमा बोल्नेहरूको विरुद्धमा नै चेतावनी भएको समेत बताएकी छन् ।
सन् २०१९ मा स्थानीय मुस्लिमहरूले गराएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनलाई पहिलो पटक गिरफ्तार गरिएको हो । ठुला होटेल र चर्चलाई लक्षित गर्दै भएको सो विस्फोटमा २सय ६० जनाको ज्यान गएको थियो । यस आक्रमणमा संलग्न भएका एक जनासँग उनको सम्पर्क भएको कारण जनाउँदै उनलाई दोषी ठहर गरिएको थियो । पछि उनका वकिलले ती आक्रमणकारीको बाबुको सम्पत्ति बाँडफाँडको सन्दर्भमा एउटा सामूहिक कार्यक्रममा भेटघाट भएको जनाए पछि हिज्बुल्लाह जमानीमा छुटेका थिए ।
एमनेस्टी इन्टरनेशनलले सरकारको आलोचना गर्दै हिच्बुल्लाहलाई “आस्थाको बन्दी” को रूपमा व्याख्या गरेको थियो ।
धेरै मानव अधिकारवादी सङ्गठनहरूले उनको गिरफ्तारी पछिल्ला वर्ष अल्पसङ्ख्यक समुदायको उत्पीडनको उदाहरण भएको प्रतिक्रिया दिन थालेका छन् । दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्कामा १० प्रतिशत भन्दा कम मुस्लिम छन् । श्रीलङ्कामा सिंहालीज बुद्धिस्टको बाहुल्यता छ ।
तामिल पृथकतावादी समूहले गरेको तीन दशक लामो युद्धको समयमा मुस्लिमहरू सत्ताका सहयोगी थिए । सन् २००९ मा तामिलको पराजय पछि एकाएक सत्ताले मुस्लिमलाई गर्ने व्यवहारमा परिवर्तन भएको गुनासो मुस्लिम नेताहरूको छ ।
“इस्टर सन्डे ” आक्रमणको रूपमा चिनिएको त्यस ठुलो हमला भन्दा अघि सिंहालीजहरुले मुस्लिमहरूको घर र व्यवसायमा लक्षित गतिविधि सिंहालीजहरुको रहने गरेको गुनासो मुस्लिम अधिकारवादी हरूको छ । इस्टर सन्डे आक्रमणलाई छायामा पार्ने किसिमको गतिविधि त्यस पछि पनि भएका थिए ।
त्यस घटनाको केही साता पनि नबित्दै सिंहालीज भिडले धेरै मुस्लिम सम्पत्ति र मस्जिदको तोडफोड गरेको थियो । यत्ति मात्र होइन ,सामाजिक सञ्जालमा पनि मुस्लिमका विरुद्धमा तथा नाम गालीका शब्दहरू सामान्य बनेका थिए । सिंहालीज कट्टरपन्थीहरूले इस्लामहरूको पसललाई बहिस्कार गर्ने सम्मका अभियान नै चलाए ।
रक्षा सचिवको रूपमा तामिल विरुद्धको युद्धको नेतृत्व गरेका वर्तमान राष्ट्रपति गोटबाया राजपाक्षे सन् २०१९ मा सत्तासीन भएका हुन् । राष्ट्रिय सुरक्षाको बलियो आधार भएको उनी सिंहलीज बुद्धिस्ट राष्ट्रवादीको साथमा राष्ट्रपति भएका हुन् । उनको चुनावी अभियान पनि बलियो श्रीलङ्काको सुरक्षा नीति नै थियो । उनका दाजु महेन्द्र राजपाक्षेले सन् २०२० को संसदीय निर्वाचनमा सफलता पाए पछि श्रीलङ्काको राजनीतिमा राजपाक्षे परिवारको बलियो पकड बनेको छ ।
“उनीहरूको गतिविधि चुनावी राजनीति केन्द्रित छ । इस्लाम अतिवादीहरूको डर त्रासलाई नै उनीहरूले भोट कार्डको रूपमा प्रयोग गरेका छन् । आफूलाई इस्लाम विरोधी देखाएर मत बटुल्ने अभियानमा उनीहरू लागी परेका छन् ।”मुस्लिम काउन्सिल अफ श्रीलङ्काका हल्मी अहमद बताउँछन् ।
कोरोना महामारी कालमा पनि सरकारले अल्पसङ्ख्यक मुस्लिम र क्रिस्चीयनको शव उनीहरूलाई नदिएकोमा पनि इस्लामहरूमा सरकार प्रति आक्रोश बढेको छ । ती शवहरू उनीहरूकै धार्मिक संस्कार अनुसार गाड्नु पर्ने भए पनि सरकारले नै दाह संस्कार गरेको थियो ।
इस्लाम धर्म अनुसार शवको दाह संस्कारलाई वर्जित गरिएको छ । सो समयमा सरकारी अधिकारीहरूले शव गोडेमा जमिन मुनीको पानीमा असर गर्ने जनाएका थिए ।
अल्पसङ्ख्यकहरू र मानव अधिकारवादी सङ्गठनको संयुक्त आवाज पछि गत वर्ष सरकारले पूर्वी श्रीलङ्कामा कोभिडबाट ज्यान गुमाउनेको शव गाड्ने ठाउँ बनाएको छ । सुरक्षा नीतिलाई ध्यानमा राख्दै बुर्का र सबै अनुहार ढाक्ने पोसाक वर्जित गर्ने कानुन ल्याउने तयारी गरेको सरकार गत वर्ष त्यसबाट पनि पछि हटेको थियो । एक मन्त्रीले भने यसलाई धार्मिक अतीबादको नमुना भनेर इङ्गित गरेका छन् ।
सरकारले राष्ट्रिय रूपमा शिक्षामा एकरूपता ल्याउनका लागि १ हजार इस्लाम विद्यालय बन्द गर्ने नीति पनि ल्याइ सकेको थियो । एक मानव अधिकारवादी अधिवक्ता भवानी फोन्से युद्ध सकिए पछि इस्लामहरूलाई सरकारले नयाँ दुस्मनको रूपमा व्यवहार गरेको प्रतिक्रिया दिन चाहन्छिन् । उनले धरै पटक इस्लाम समुदाय माथि आक्रमणको तयारी भएको दाबी गर्दै कनै पनि समय इस्लामहरू असुरक्षित हुने चिन्ता व्यक्त गर्छिन् ।
इस्लाम समुदायलाई भेदभाव मूलक व्यवहार गरेको कुरा सरकारले भने अस्वीकार गर्दै आएको छ । श्रीलङ्काका सूचना विभागका महा निर्देशक मोहन सवरनायके कुनै समुदाय माथि भेदभाव गर्ने संस्थागत नीति नभए पनि कुनै समूहको व्यवहार अस्वाभाविक हुने गरेको भने स्वीकार गर्छन् । यस्ता भेदभाव जन्य व्यवहार कतिपय स्थानमा सिंहालीज समुदायले नै गरेका छन् ।
इस्टर सन्डेको घटना पछि भएको छानबिनमा धेरै इस्लाम शिक्षालयले अतिवादी धारणाको विकास गरेको पाइएकाले सरकारले मदरसालाई बन्द गर्ने नीति लिएको पनि उनले बताएका छन् ।
अहिले सरकारले पनि पोसाकमा एकबद्धताको नियम ल्याए पछि यो निर्णय विवादमा परेको छ । राष्ट्रपति राजपाक्षेले एक स्थान एक पोसाकको नीति लिएका छन् । यसले अल्पसङ्ख्यक माथि अन्याय हुने जिकिर इस्लामहरूले गरेका छन् ।
त्यसो त सरकारले बहु सङ्ख्यक सिंहालीजहरुको अनुकूल कानुन ल्याउन लागेको आरोप अल्पसङ्ख्यक इस्लामले लगाए पनि सबै बौद्धीस्ट पनि यसबाट खुसी छैनन् । त्यहाँ बौद्ध भिक्षु गालागोडा एथाने गन्सारा थेरो इस्लाम विरोधी अभियानको विरुद्धमा बोलेको कारण नै धेरै पटक विवादमा आएका थिए ।
उनको विचारमा श्रीलङ्कामा ५ सय भन्दा बढी समूहका क्रिस्चीयनहरु छन् । उनीहरूको चासो नै श्रीलङ्कामा धार्मिक सङ्कट ल्याउने हो । केही इस्लामिक समूहले देशका युवाहरूलाई गलत रूपले प्रयोग गरी रहेको आरोप पनि उनले लगाए । उनकै अनुसार त क्रिस्चीयनकै कारण सबै इस्लाम प्रति कतिपयको घृणा बढेको छ र समाजमा समस्या उत्पन्न भएको छ ।
अहिले श्रीलङ्का गम्भीर आर्थिक सङ्कटमा फसेको छ । चीनसँग लिएको ऋणको कारण यो देशको अवस्था कस्तो हुने भन्ने चिन्ता सरकार र आम नागरिकमा देखिन थालेको छ । गरिबी त त्यहाँको पर्याय बन्न थालेको छ । गएको एक वर्षमा अति आवश्यक बस्तुको मूल्यमा ३० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । यी समस्याका बिच सरकार बहुसङ्ख्यक सिंहालीजकै माझमा अलोकप्रिय बनेको छ ।
अहिले धेरै इस्लाम धर्मावलम्बी पनि धार्मिक विषय भन्दा धेरै जनजीवनका कुरामा चासो दिन थालको छन् । उनीहरूका लागि पनि अहिले बाच्नु नै प्रमुख हुन थालेको छ ।
कनै समय राष्ट्रको सुरक्षा नीतिलाई बलियो बनाउने भन्दै सत्तासीन भएको राजपाक्षे परिवारका लागि अहिलेको अवस्था धेरै कठिन बनेको छ । चीनसँग लिएको ऋणको कारण अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आलोचना बनेको यो देशका महत्त्वपूर्ण प्राकृतिक श्रोत पनि गुम्ने जोखिम बढेको छ ।
गरिबी, गलत वैदेशिक नीति, देशमा धार्मिक सम्प्रदाय माथि भएको भेदभावको आक्रोश लगायत विषयले श्रीलङ्का एक पछि अर्को सङ्कट भोगी रहेको छ । तीन दशकको गृह युद्धको चपेटामा परेको यो देश फेरी एक पटक गम्भीर सङ्कटमा फसेको छ ।
एजेन्सीहरूको सहयोगमा
प्रकाशित मिति :
८ माघ २०७८, शनिबार ४ :
१६ बजे
प्रतिक्रिया