सुर्खेत प्रशासनले भोलिदेखि ‘बार’ प्रणाली लागू गर्ने « Khabarhub

सुर्खेत प्रशासनले भोलिदेखि ‘बार’ प्रणाली लागू गर्ने


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्यधिक भीड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार’ प्रणाली लागू गर्ने भएको छ ।

कार्यालयमा भीडभाड देखिएको र कोभिड–१९ को नयाँ भेरियन्टको प्रभाव दिनप्रतिदिन बढिरहेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न बार प्रणाली लागू गरेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, फोटोसहितको मतदाता नामावली दर्ता तथा विद्युतीय राहदानीसम्बन्धी कार्यका लागि सेवा गर्न ‘बार’ प्रणाली तोकिएको बताए ।

उनका अनुसार आइतबार र शुक्रबार लेकबेँशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिका, मंगलबार वीरेन्द्रनगर नगरपालिका, सोमबार र मंगलबार भेरीगंगा नगरपालिका, चिंगाड गाउँपालिका र बराहताल गाउँपालिका, बुधबार र बिहीबार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका सेवाग्राहीका लागि पालो निर्धारण गरिएको छ ।

प्रशासनले बार प्रणालीबमोजिम अनिवार्य स्वास्थ्य मापदण्ड अपनाई पूर्ण खोप लगाएको कार्ड वा सोको मोबाइलमा खिचिएको फोटो भए पनि साथमा लिएर आउन सम्बन्धित सेवाग्राही र स्थानीय तहलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ६ : ४० बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित