कस्मेटिक पसल छोडेर कुखुरा व्यवसाय « Khabarhub

कस्मेटिक पसल छोडेर कुखुरा व्यवसाय


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगु छाँयानाथ रारा नगरपालिका–२ कि जुनलाली देवकोटा कस्मेटिक पसल छाडेर टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी छन् ।

सदरमुकाम गमगढी बजारमा जिल्लाकै पहिलो कस्मेटिक व्यवसाय सञ्चालन गरेको १८ वर्षपछि उनी टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी हुन् । कस्मेटिक व्यवसायबाट भन्दा कुखुरा पालनबाट राम्रो आम्दानी हुने देखिएपछि जुनलाली यसतर्फ लागेकी हुन् ।

अहिलेको उनको दिनचर्या भनेको बिहान उठेदेखि राति अबेरसम्म ट्रकी, हाँस र कुखुराको रेखदेखमा समय बित्ने गरेको छ ।

छाँयानाथ रारा नगरपालिका–७ टोप्ला रारा जाने मूल गेटमा रारा आउने जाने पाहुनालाई लक्षित गरी व्यवसाय सञ्चालन गरेको जुनलाली बताउँछिन् ।

मनिषा फ्रेसहाउस सञ्चालनबाट घर खर्च चलाउन, दुई छोराको अध्ययन खर्च जुटाउन समस्या नभएको बताएकी उनको फ्रेस हाउस सञ्चालन गर्न करिब १५ लाखभन्दा बढी रकम पूर्वाधारदेखि अन्य कच्चा पदार्थमा लगानी छ ।

हाल फ्रेस हाउसमा ३००भन्दा बढी लोकल कुखुरा, ३० बटा हाँस, र ५० वटा ट्रकी छन् ।

पशुपन्छी तथा पशु कार्यालय मुगुबाट ट्रकी व्यवसायको लागि पाँच लाखको सहयोग गरिएको छ ।

मुगुमा टर्की हाँस, कालिजको व्यवसायको रुपमा फस्टाउँदै गइरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ६ : २१ बजे

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार