विश्वभर एक सातामा २ करोड बढी कोरोना सङ्क्रमित थपिए « Khabarhub

विश्वभर एक सातामा २ करोड बढी कोरोना सङ्क्रमित थपिए


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर एक हप्तामा मात्रै २ करोडभन्दा धेरै कोरोनो सङ्क्रमित थपिएका छन्। गत ७ दिनमा विश्वभर २ करोड २३ लाख ९१ हजार ८ सय १९ नयाँ सङ्क्रमित थपिएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ।

जसमध्ये यूरोपमा मात्रै ९० लाख ४९ हजार ४५७ जनामा सङ्क्रमण पुष्टि भएको छ। यस्तै उत्तर अमेरिकामा ५७ लाख ४९ हजार १९९, एसियामा ४२ लाख ७५ हजार ९७१, दक्षिण अमेरिकामा २४ लाख १ हजार ८०९, महासागरमा ५ लाख ५ हजार ७७७ तथा अफ्रिकामा २ लाख ७६ हजार ६०६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

अघिल्लो हप्ताको तुलनामा विश्वभर १० प्रतिशतले सङ्क्रमित थपिएका छन्। अघिल्लो हप्ता विश्वभर २ करोड ४ लाख ४० हजार ५५ जना सङ्क्रमित थपिएका थिए।

यस्तै यो हप्ता विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या पनि १० प्रतिशतले नै बढेको छ। यो हप्ता ५४ हजार २२ जनाको मृत्यु भएको छ।

अघिल्लो हप्ता ४९ हजार ३५५ जना सङ्क्रमितले ज्यान गुमाएका थिए। यस्तै यो हप्ता १ करोड ११ लाख ५ हजार १ सय ९ जना निको भएका छन्।

योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३४ करोड ९७ लाख नाघेको छ। जसमध्ये २७ करोड ८० हजार निको भएका छन् भने ५६ लाख ९ हजारको मृत्यु भएको छ।

अझै पनि ६ करोड ६० लाख सक्रिय सङ्क्रमित रहेकामा ९६ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ६ : ३९ बजे

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

सुकुमबासी पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं – सुकुम्बासी बस्ती भत्काइएको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक

मेस्सीको उपाधि रक्षा यात्रा : गोल्डेन बुटका दुई दाबेदारलाई रोक्नुपर्ने कठिन चुनौती

काठमाडौं – लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि फुटबलको सर्वोच्च उपाधि विश्वकपदेखि

पदाधिकारी छान्न रविलाई सकस, वरिष्ठ नेतामा बालेनको मनोनयन पनि रोकियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्पन्न भएको १९ दिन बित्दा

भूमिहीन र सुकुम्वासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाका विपक्षी दलहरूले वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्वासी तथा