खोटाङमा थपिए ९ कोरोना संक्रमित | Khabarhub Khabarhub

खोटाङमा थपिए ९ कोरोना संक्रमित


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा एकै दिन कोरोनाका ९ संक्रमित थपिएका छन् । विभिन्न स्थानीय तहमा शनिबार १५ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा सक्रिया संक्रमितको संख्या ६२ पुगेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । संक्रमितमध्ये शनिबार एक जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिया संक्रमित हाल होम आइसोलेसनमा बसिरहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका १ लाख १२ हजार ८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । त्यसमध्ये ६६ हजार ६१२ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् । जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलव्ध छ । यस्तै, १ थान भेण्टीलेटर, ७ वटा एम्बूलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोभिड–१९ को प्रथम लहर यता जिल्लाका ३ हजार ४१ संक्रमितले कोरोना जितेका छन् । यस अवधिमा १५ जनाले ज्यान गुमाएका छन् ।

जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगएको पाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन।

संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : ०७ बजे

नारायणघाट–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डको समस्या समाधानउन्मुख : मन्त्री दाहाल

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणघाट–बुटवल सडकअन्तर्गत पर्ने

घुसमा मुछिएका मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेबाटै दबाब, गौतम भन्छन्- ढिला गर्नु हुँदैन

काठमाडौं- घुस लेनदेनका लागि विचौलियासँगको बार्गेनिङमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न छलफलमा छौँ : पर्यटनमन्त्री

काठमाडौं–  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय

सरकारले कसैलाई जोगाएको छैन, अडियो प्रकरणमा छिटै निष्कर्ष आउँछ : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सामान्य प्रशासनमन्त्री राजकुमार

घुस प्रकरणले घेरिएपछि प्रधानमन्त्री ओलीले बोलाए देउवा र यादवलाई

काठमाडौं- दुईजना मन्त्री घुस प्रकरणमा मुछिएर सरकार घेराउमा परेपछि प्रधानमन्त्री