खोप कार्ड हराए के गर्ने ? « Khabarhub

खोप कार्ड हराए के गर्ने ?


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले माघ ७ गतेदेखि कुनै पनि सार्वजनिक स्थलमा प्रवेश गर्न वा सेवा लिन जाँदा कोरोना विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ।

कोरोनाविरुद्धको औषधि नबनेको अवस्थामा यसबाट बच्न खोप नै उपयुक्त मानिएको छ। त्यसैले सरकारले खोपलाई अनिवार्य गरेको हो।

अब खोपकार्ड लिन तपाइले खोप नलगाएको भए लगाउनुपर्ने छ। त्यही कार्ड मोबाइलमा फोटो खिचेर पनि देखाउन सक्नुहुनेछ। तर खोपकार्ड हराए के गर्ने ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोपकार्ड हराएका व्यक्तिले खोप कार्डको प्रतिलिपि लिन सक्नेछन्।

दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिन्छ।

यस्तै जोनसन एण्ड जोन्सन खोप लगाएको भए जुन केन्द्रमा खोप लगाएको हो त्यही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिन्छ।

यस्तै पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको शाखाबाट लिन सकिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ३५ बजे

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले