विराटनगरमा मनाइयो सुभाष चन्द्र बोसको १२५ औं जन्मजयन्ती | Khabarhub Khabarhub

विराटनगरमा मनाइयो सुभाष चन्द्र बोसको १२५ औं जन्मजयन्ती


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुभाष चन्द्र बोसको १२५ औँ जन्मजयन्ती विराटनगरस्थित एक कार्यक्रमको आयोजन गरी मनाइएको छ ।

कार्यक्रममा भारतको स्वतन्त्रतामा नेता जी सुभाषचन्द्र बोसले दिएको योगदान बारेमा विभिन्न वक्ताहरुको चर्चा गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेता ज्यु बोसको जीवनबाट प्रेरणा प्राप्त गरी आज नेपालीहरुको गौरवको रूपमा रहेको सगरमथालाई चिनियाँ अतिक्रमणबाट मुक्त गराउनु पर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘महान नेता बोसको जीवनमा हामीले देशभक्तिको प्रेरणा लिएर आफ्नो देशलाई चिनियाँ अतिक्रमणबाट बचाउनुपर्छ ।’

त्यसैगरी बीजेपी नेता तथा बिहार प्रान्तका मन्त्री भानु प्रकाश रायले भारतको इतिहासमा सुभाषचन्द्र ज्युको जून स्थान हुनुपर्ने त्यों स्थान नदिएको प्रति असंतुस्टी व्यक्त गर्दै आफ्ना भनाइ राखेका थिए ।

नेता जी सुभाषचन्द्र बोस इंटरनेशनल फाउन्डेसनका डायरेक्टर डा. निरंजनले नेता सुभासचन्द्र बोसको जीवन उपर गहन प्रकाश पार्दै भारतमा आउने युवा पिढीले भारतलाई स्वतन्त्रता प्रदान गराउने असली वीर पराक्रमी नेताजी बोसलाई उचित स्थान दिलाउनेमा संघर्ष गर्ने बताएका थिए ।

सुभाषचन्द्र बोस इन्टरनेसनल फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा उद्योग बाणिज्य संघ मोरङका महामंत्री अनिल कुमार साह, समाजसेवी डा. एस एन झा लगायतले आफ्नो मनत्व रखेका थिए । त्यसैगरी नेता जी बोसको तस्बीर अगाडी पुष्प अर्पण एवं दीप प्रज्वलन गरिएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ९ : ३१ बजे

सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सुशासन पहिलो

बीपीको प्रशंशामा ओलीको वक्तव्य : क्षणिक स्वार्थमा मिल्नेको ‘राजनीतिक दीर्घ जीवन’ हुँदैन

काठमाडौं – प्रधान केपी शर्मा ओलीले आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित

साताको पहिलो दिन १८.४४ अंकले घट्यो नेप्से 

काठमाडौं– साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेपाल स्टक

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं– आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत सञ्चालित

मुटुका बिरामी मौसमलाई प्रवासी नेपालीबाट पौने पाँच लाख सहयोग

काठमाडौं- एकजना मुटुका बिरामीलाई दक्षिण कोरिया र बेलायतसहितका देशमा रहेका