कर्मचारीमा कोरोना देखिएपछि प्रशासनको सेवा बन्द « Khabarhub

कर्मचारीमा कोरोना देखिएपछि प्रशासनको सेवा बन्द


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– जिल्ला प्रशासन कार्यालय स्याङ्जामा कार्यरत् कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएसँगै त्यहाँबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले एक विज्ञप्ति जारी गर्दै आज (सोमबार) देखि अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी गराएका हुन् ।

कार्यालयका विभिन्न फाँटमा कार्यरत् कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको, केही कर्मचारीको रिपोर्ट आउन बाँकी रहेको र अन्य केही कर्मचारीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षालगायत अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता तथा नवीकरण, हातहतियार नवीकरणजस्ता सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको सहायक प्रजिअ शर्माले बताए ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ५ : १७ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित