अध्यागमन कार्यालयका अधिकृतविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

अध्यागमन कार्यालयका अधिकृतविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत अर्यालविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अर्यालले २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँ स्रोत नखुलेको (अकूत सम्पत्ति) आर्जन गरेको अभियोगमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको छानबिनअनुसार २३ भदौ २०५९ देखि सरकारी सेवा प्रवेश गरेका अर्यालले त्यसयता ४ करोड ५६ लाख ८१ हजार ४ सय ४१ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको देखिएको छ । अख्तियारका अनुसार अर्यालले आफू र श्रीमती सरिता नेपाल समेतको नाममा ४ करोड ५६ लाख ८१ हजार ४ सय ४१ रुपैयाँ बराबरको चल–अचल सम्पत्ति खरिद गरी राखेको एवम् लगानी गरेका छन् ।

तर, उनको वैध आयको रुपमा २ करोड ४९ लाख ९२ हजार ७ सय ३० रुपैयाँको मात्रै स्रोत खुलेको अख्तियारले जनाएको छ । अख्तियारले स्रोत नखुलेको रकमलाई अवैध मान्दै अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले अर्यालविरुद्ध २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँ विगो तथा जरिवाना, सम्पत्ति जफत र कैद सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  २ : ५३ बजे

शिक्षक महासंघसँगको नौ बुँदे सहमति मन्त्रिपरिषद्बाट अनुमोदन

काठमाडौं – मन्त्रिपरिषद् बैठकले शिक्षकसँग भएको सहमति अनुमोदन गरेको छ

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको

ओलीसँग माधव नेपालका १३ माग, पूरा नभए आन्दोलन गर्ने

काठमाडौं– पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा सिनियर

आन्दोलनरत शिक्षक र सरकारबीच नौ बुँदे सहमति

काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको

कांग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ : सहमहामन्त्री परियार

चितवन– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने