मोदीलाई बधाई दिन दिल्ली उडे ओली « Khabarhub

मोदीलाई बधाई दिन दिल्ली उडे ओली


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भएर उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली  बिहीबार नयाँदिल्लीतर्फ प्रस्थान गरेका छन्  ।

प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष लिने शपथग्रहण कार्यक्रममा सहभागी हुनेछन्। भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदी र उनको मन्त्रिपरिषद्ले बिहीबार अपराह्न शपथ ग्रहण गर्दैछ।

यसपटक मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई सपथग्रहण कार्यक्रमका लागि बोलाएका छन् ।  प्रधानमन्त्री ओली पनि बिम्स्टेक सदस्य मुलुककै सरकार प्रमुखको रुपमा मोदीको सपथग्रहणमा सहभागी हुनेछन् ।

पहिलोपटक प्रधानमन्त्री हुँदा मोदीले सार्क सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुखलाई निम्ता गरेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  २ : ५९ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर